भाइरल ज्वरो फैलिएपछि पाँच दिन विद्यालय बन्द « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

भाइरल ज्वरो फैलिएपछि पाँच दिन विद्यालय बन्द


४ चैत्र २०७७, बुधबार


School

डोटी । डोटीको बोगटान फुड्सिल गाउँपालिका वडा नं. ६ गगुडा क्षेत्रमा भाइरल ज्वरो फैलिएपछि सो क्षेत्र अन्तर्गत रहेका विद्यालयहरू पाँच दिनको लागि बन्द गरिएका छन् ।

विद्यार्थीहरुमा दिनानुदिन दिनभाईरल ज्वरो फैलिँदा सबै समुदायसम्म पुग्न सक्ने भन्दै गगुडामा रहेको मष्टेश्वर माध्यमिक विद्यालय, वाल्मीकि आधारभूत विद्यालय र सउँडी आधारभूत विद्यालय पाँच दिनका लागि सोमबारबाट बन्द गरिएको बडा नम्बर ६ का वडा अध्यक्ष वीरेन्द्र चन्दले बताए ।

विद्यालयमा विद्यार्र्थीहरु आउनै नसक्ने र आएका विद्यार्थीहरुमा पनि भाइरल ज्वरोको सङ्क्रमण तीव्र रूपमा फैलिएपछि विद्यालय बन्द गर्नु पर्ने अवस्था आएको मष्टेश्वर माध्यमिक विद्यालयका शिक्षक चक्रबहादुर चन्दले जानकारी दिए ।

आधा भन्दा धेरै विद्यार्थीमा ज्वरो आउने, टाउको दुख्ने, खान मन नलाग्ने जस्ता समस्या देखिएका छन् । विद्यालयहरूले गाउँपालिकाको शिक्षा शाखालाई जानकारी गराएर विद्यालय बन्द गराएको समेत शिक्षक चन्दले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस