सिलिङभित्र रहेर बजेट प्रस्ताव गर्न सचिवहरूलाई अर्थको अनुरोध « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सिलिङभित्र रहेर बजेट प्रस्ताव गर्न सचिवहरूलाई अर्थको अनुरोध


२ चैत्र २०७७, सोमबार


काठमाडौँ । अर्थ मन्त्रालयले सिलिङभित्र रहेर आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्ताव गर्न सबै मन्त्रालयका सचिवहरूलाई अनुरोध गरेको छ ।

सोमबार मन्त्रालयका सचिवहरूलाई बोलाएर अर्थ मन्त्रालयले बजेट तर्जुमा सम्बन्धी छलफल गरेको हो । नयाँ आयोजना भन्दा प्रक्रियामा गई सकेका आयोजनालाई प्राथमिकतामा राख्न सचिवहरूलाई आग्रह गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले सरकारको मितव्ययिता नीतिमा समेटिएका प्रावधानलाई ख्याल गर्न समेत सचिवहरूलाई आग्रह गरेको छ ।

राष्ट्रिय योजना आयोगले उपलब्ध गराएको बजेट सिलिङको आधारमा मन्त्रालयलहरुले आफ्नो वार्षिक नीति तथा कार्यक्रम र बजेट बनाइरहँदा अर्थ मन्त्रालयले सचिवलाई बोलाएर नयाँ कार्यक्रममा बजेट नराख्न भनेको हो ।

अर्थ मन्त्रालयले नयाँ भवन निर्माण र सवारी साधन खरिदका लागि बजेट नछुट्याउन र अनिवार्य सहभागी हुनुपर्नेबाहेक वैदेशिक भ्रमणमासमेत बजेट नराख्न भनेको छ ।

राष्ट्रिय गौरव तथा प्राथमिकता प्राप्त आयोजना र वैदेशिक सहायतामा सञ्चालनमा रहेका आयोजना तथा कार्यक्रममा पर्याप्त बजेट राख्न भनिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस