पेस्तोलसहित तीनजना पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पेस्तोलसहित तीनजना पक्राउ


प्रशासन संवाददाता

१ चैत्र २०७७, आइतबार


बुटवल । रुपन्देहीबाट पेस्तोलसहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुपन्देहीको सम्मरीमाई गाउँपालिका–९ बेतकुइयाका २४ वर्षीय सुरज हरिजन, सोही ठाउँका २३ वर्षीय तौलन हरिजन र सम्मरीमाई– ७ भुन्डिहवाका सहिल मुसलमान रहेका छन् ।

यूपी ५५ एन ४९४८ नम्बरको भारतीय मोटरसाइकलमा सवार गरिरहेका उनीहरुलाई मर्चवारी गाउँपालिका–७ कञ्चनापुरमा चेकजाँच गर्ने क्रममा कटुवा पेस्तोलसहित फेला पारेको रुपन्देहीका प्रहरी प्रवक्ता डीएसपी सत्यनारायण थापाले जानकारी दिए ।

अहिले उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस