राष्ट्र बैङ्कको डेपुटी गभर्नरमा ढुङ्गाना र मिश्र « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

राष्ट्र बैङ्कको डेपुटी गभर्नरमा ढुङ्गाना र मिश्र


२५ फाल्गुन २०७७, मंगलबार


काठमाडौँ । नेपाल राष्ट्र बैङ्कको डेपुटी गभर्नरमा निलम ढुङ्गाना(तिम्सिना) र बमबहादुर मिश्र नियुक्त भएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार(आज) बसेको मन्त्रिपरिषद् बैठकले रिक्त रहेको डेपुटी गभर्नर पदमा ढुङ्गाना र श्रेष्ठ डेपुटी गभर्नर नियुक्त गरेको हो ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार राष्ट्र बैंकमा कार्यरत कार्यकारी निर्देशकहरुमध्येबाट गभर्नरको सिफारिसमा मन्त्रिपरिषदले डेपुटी गभर्नरमा नियुक्त गर्ने व्यवस्था रहेको छ ।

फागुन १८ गते पाँच वर्ष कार्यकाल पूरा गर्दै डेपुटी गभर्नरद्वय चिन्तामणि सिवाकोटी र शिवराज श्रेष्ठ बाहिरीसँगै रिक्त रहेको डेपुटी गभर्नरमा मन्त्रिपरिषद्ले ढुङ्गाना र मिश्रलाई नियुक्त गरेको हो ।

सार्वजनिक ऋण व्यवस्थापन विभाग प्रमुख रहेकी ढुंगाना डेपुटी गभर्नर बन्ने पहिलो महिला हुन् ।

डेढ दर्जन बढी कार्यकारी निर्देशकमध्ये आधा दर्जनबीच प्रतिस्पर्धा चलेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस