सचिव बढुवाका लागि आचार्यको नाम सिफारिस: प्रशासन, कृषि र इन्जिनियरिङतर्फ तीनै सचिवको निर्णय सँगै हुने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सचिव बढुवाका लागि आचार्यको नाम सिफारिस: प्रशासन, कृषि र इन्जिनियरिङतर्फ तीनै सचिवको निर्णय सँगै हुने


९ मंसिर २०७७, मंगलबार


सचिव

काठमाडौँ । सचिव बढुवा सिफारिस समितिले नेपाल इन्जिनियरिङ सेवातर्फको रिक्त एक सचिव पद(विशिष्ट श्रेणी)का लागि ज्येष्ठ सहसचिवको नाम सिफारिस गरेको छ ।

प्रशासन सिंहदरवार स्रोतका अनुसार लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीको अध्यक्षतामा मङ्गलवार बसेको बढुवा सिफारिस समितिको बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका ज्येष्ठ सहसचिव सुरेश आचार्यको नाम सिफारिस गरेको हो ।

कार्यसम्पादन मूल्याङ्कन(८० प्रतिशत)का आधारमा हुने बढुवामा लगातार चार पटकसम्म एक सचिवका लागि तीन वरिष्ठ सहसचिव र पाँचौँ पटक ज्येष्ठता(२० प्रतिशत)बाट एक जना मात्र ज्येष्ठ सहसचिवको नाम सिफारिस गर्ने निजामती सेवा ऐनको व्यवस्था अनुसार ज्येष्ठताबाट आचार्यको नाम सिफारिस भएको हो ।

अब बस्ने मन्त्रिपरिषद् बैठकले आचार्यलाई सचिव बनाउने निर्णय गर्नेछ । केही दिन अघि प्रशासनतर्फको सचिवका लागि सिफारिस गरिएका तीन जना सहसचिवमध्ये एक र सोमबार कृषि तथा वन सेवा तर्फबाट सिफारिस डा. योगेन्द्र कुमार कार्की र आचार्य अब एकै दिन सचिवमा बढुवा गर्ने निर्णय हुनेछ ।

सम्बन्धित समाचार : सचिव बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस

सम्बन्धित समाचार : सचिव बढुवाका लागि डा. कार्कीको नाम सिफारिस

यी तिनै जनाको निर्णय भएपछि मात्रै थप कृषि र प्राविधिकतर्फको दुई जना सचिवका लागि सिफारिस गरिनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस