पृतनापतिलाई नै कोरोना संक्रमण भएपछि ब्यारेक सिल « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पृतनापतिलाई नै कोरोना संक्रमण भएपछि ब्यारेक सिल


४ जेष्ठ २०७७, आइतबार


जनकपुर । नेपाली सेनाका पृतनापतिमा कोरोना सङ्क्रमण पुष्टि भएपछि ब्यारेक सिल गरिएको छ । महोत्तरीको सदरमुकाम जलेश्वरस्थित मध्य पृतनाका पृतनापतिमा कोरोना सङ्क्रमण पुष्टि भएपछि ब्यारेकलाई पूर्णरुपमा सिल गरिएको हो । पृतनापति र ब्यारेकका चिकित्सकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि करिब २ हजार सेना रहेको ब्यारेकलाई पूर्ण रूपमा सिल गरिएको छ ।

ब्यारेकमा कार्यरत सैनिकहरूमा सङ्क्रमण बढ्न नदिन उनीहरूलाई आवतजावतमा समेत रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय महोत्तरीले उनीहरूलाई सामाजिक दुरी कायम गर्न आग्रह गरेको छ ।

सङ्क्रमित पृतनापति र चिकित्सक दुवैलाई उपचारका लागि सेनाकै गाडीमा काठमाडौँ पठाइएको र उनीहरूको सशस्त्र प्रहरीको आइसोलेसनमा भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस