स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण पुष्टि गरेका दुई जना नेपाली सेनाका अधिकारी « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण पुष्टि गरेका दुई जना नेपाली सेनाका अधिकारी


३ जेष्ठ २०७७, शनिबार


काठमाडौँ । नेपाली सेनाका दुई जनामा शनिबार कोरोना संक्रमण पुष्टि भएको छ ।

शनिबार दिउँसो स्वास्थ्य मन्त्रालयले संक्रमण पुष्टि गरेका दुईजना नेपाली सेनामा कार्यरत भएको नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले प्रशासनलाई बताए ।

प्रदेश नम्बर २ स्थित नेपाली सेनाको मध्यपूर्वी पृतना मुख्यालय, महोत्तरीमा कार्यरत दुई सैनिकमा कोरोना संक्रमण देखिएको प्रवक्ता पाण्डेले बताए । उनीहरु महोत्तरी निवासी ५२ वर्षीय र काभ्रे निवासी २६ वर्षीय पुरुष हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस