मन्त्रालय डाकिएका डा. पुनले निकाले विज्ञप्ति, भने -‘सम्पर्क गरिसकेको छु’ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

मन्त्रालय डाकिएका डा. पुनले निकाले विज्ञप्ति, भने -‘सम्पर्क गरिसकेको छु’


७ बैशाख २०७७, आइतबार


काठमाडौँ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका प्रमुख मेडिकल अधिकृत डा. शेरबहादुर पुनले एक विज्ञप्ति जारी गर्दै मन्त्रालयमा उपस्थित भई सम्बन्धित अधिकारीहरूसँग सम्पर्क गरिसकेको बताएका छन् ।

आजै आफू कार्यरत अस्पतालबाट पत्र प्राप्त गरेको बताएका छन् ।

‘म कार्यरत शुक्रराज टपिकल तथा सरुवा रोग अस्पतालको पत्र प्राप्त भएको छ’ उनले विज्ञप्तिमा भनेको छन् ‘उक्त पत्रानुसार मलाई कार्यरत अस्पतालको काममा बाधा नपर्ने गरी कोभिड-१९ मा मन्त्रालयले सञ्चालन गरेको अभियानमा सहयोग पुर्‍याउने कामका लागि मन्त्रालयमा उपस्थित हुने भन्ने ब्यहोरा रहेकोले आजैका मितिमा मन्त्रालयमा उपस्थित भई सम्बन्धित अधिकारीहरूसँग सम्पर्क गरिसकेको छु’

साथै उनले यस घटनालाई आफ्नो वृत्ति जीवनको सामान्य प्रक्रियाको रूपमा दिएको बताउँदै यसबारे मन्त्री र मन्त्रालयसँग जोडी अनर्गल प्रचार नगर्न अनुरोध गरेका छन् ।

उनलाई यसरी मन्त्रालय बोलाउनेको कारण भने वर्तमान त्रासदिपूर्ण अवस्थामा धेरै बोलेको भन्ने थियो । प्रशासन विशेष स्रोतका अनुशार आम नागरिकले धेरै प्राविधिक कुरा नबुझ्ने भएकोले उनले मिडियामा गरेको कुराकानीले झन् अफ्ठेरो पर्ने भएकोले त्यसबारे बुझ्नका लागि पत्र काटेको बताएका थिए ।

सम्बन्धित समाचार : ‘धेरै बोलेको’ भन्दै टेकु अस्पतालका डक्टरलाई मन्त्रालयको २४ घण्टे स्पष्टीकरण

यससँगै लामो अनुभवी तथा विशेषज्ञ डाक्टरलाई मन्त्रालय तानेको भन्दै चौतर्फि आलोचना भएपछि मन्त्रालयले आफ्नो बचाउमा स्पष्टीकरण नसोधेको जनाएको थियो ।

सम्बन्धित समाचार : डाक्टर पुनलाई स्पष्टीकरण नसोधिएको मन्त्रालयको स्पष्टोक्ति

तर पनि आलोचना नरोकिएसँगै मन्त्रालयको नियमित पत्रकारसम्मेलनमै प्रशासन महाशाखा प्रमुख रघुराम विष्टले उनलाई पठाएको पत्र नै पढेर सुनाएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस