‘धेरै बोलेको’ भन्दै टेकु अस्पतालका डक्टरलाई मन्त्रालयको २४ घण्टे स्पष्टीकरण « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

‘धेरै बोलेको’ भन्दै टेकु अस्पतालका डक्टरलाई मन्त्रालयको २४ घण्टे स्पष्टीकरण


६ बैशाख २०७७, शनिबार


डाक्टर

काठमाडौँ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ तथा रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुनलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टाभित्र उपस्थित हुन पत्र काटेको छ ।

मौफिक रूपमा बोलाउँदा नआएपछि लिखित स्पष्टीकरण सोध्दै मन्त्रालय बोलाएको स्वास्थ्य मन्त्रालय स्रोतले बताएको छ । ‘केही प्राविधिक कुरा बुझ्नु छ आउनुस् भन्यौँ आएनन् अनि तुरुन्त हाजिर हुन आउने भनेर २४ घण्टे पत्र काटेका हौँ’, मन्त्रालय स्रोतले भन्यो ।

उनलाई कोरोना भाइरसका विषयमा धेरै बोलेको भन्दै के कसरी बोल्नुभएको हो भनेर सोधपुछका लागि बोलाईको हो । ‘उहाँले धेरै बोल्नु भएको छ, धेरै नबोल्नुहोस् डा. साप भन्न खोजेको हो’ स्रोतले भन्यो ।

उनले भने ‘अरु केही होइन, धेरैले कारवाही गरेको भन्ने हिसावले बुझेका छन् त्यसो होइन, बुझ्नका लागि बोलाएको हो ।’

Tags :
प्रतिक्रिया दिनुहोस