राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त


२४ चैत्र २०७६, सोमबार


काठमाडौँ । सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ।

आज बसेको मन्त्रिपरिषदको बैठले अधिकारीलाई आगामी कार्यकालका लागि गभर्रन नियुक्त गरेको हो।

निवर्तमान गभर्रन चिरञ्जिवी नेपालको कार्यकाल सकिएपछि फागुन ५ गतेदेखि केन्द्रिय बैंकमा गभर्नर खाली थियो।

यससंगै उनी नेपाल राष्ट्र बैंकको १७औं गभर्नर नियुक्त भएका हुन्।

हालका अर्थमन्त्री युवराज खतिवडा गभर्नर हुँदा डेपुटी गभर्नर रहेका अधिकारी डेपुटीबाट अवकाश पाएको केही समयमा लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत(सीईओ) नियुक्त भएका थिए । राष्ट्र बैंकको खरदार सरहको सहायक पदबाट जागिर सुरु गरेका उनले चार्टर्ड एकाउन्ट अध्ययन पूरा गरेसँगै उपनिर्देशक बनेका थिए।

गभर्नर छनौटका लागि अर्थमन्त्रीको डा. युवराज खतिवडाको संयोजकत्वमा राष्ट्र बैंककै पूर्व गभर्नर विजयनाथ भट्टराई र पूर्व अर्थसचिव एवं राष्ट्रिय सूचना आयोगका निवर्तमान पूर्व प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाको समितिले गभर्नरमा तीनजनाको नाम सिफारिश गरेको थियो। राष्ट्र बैंकको खरदार सरहको सहायक पदबाट जागिर सुरु गरेका उनले चार्टर्ड एकाउन्ट अध्ययन पूरा गरेसँगै उपनिर्देशक बनेका थिए।

सम्बन्धित समाचार : सरकारले आज गभर्नर नियुक्ति गर्दै

सम्बन्धित समाचार : गभर्नरका लागि तीन जनाको नाम सिफारिस

सम्बन्धित समाचार : गभर्नर सिफारिस गर्न समिति गठन

 

प्रतिक्रिया दिनुहोस