सरकारले आज गभर्नर नियुक्ति गर्दै « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

सरकारले आज गभर्नर नियुक्ति गर्दै


२४ चैत्र २०७६, सोमबार


काठमाडौँ । सरकारले आज गभर्नरको नियुक्ति गर्दै छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी मन्त्रिपरिषद्को बैठकले नेपाल राष्ट्र बैङ्कको गभर्नर नियुक्ति गर्न लागेको हो । तत्कालीन गभर्नर डा. चिरञ्जीवी नेपालको कार्यकाल चैत ४ मा सकिएसँगै रिक्त गभर्नर पदका लागि अर्थमन्त्रीको डा. युवराज खतिवडाको संयोजकत्वमा राष्ट्र बैंककै पूर्व गभर्नर विजयनाथ भट्टराई र पूर्व अर्थ सचिव एवं राष्ट्रिय सूचना आयोगका निवर्तमान पूर्वप्रमुखआयुक्त कृष्णहरि बास्कोटाले आइतबारको बैठकले तीन जनाको नाम टुङ्गो लगाएको थियो ।

आइतबारको सिफारिस सम्बन्धी बैठकले नेपाल राष्ट्र बैङ्कका वरिष्ठ डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी, पूर्व अर्थ सचिव राजन खनाल र लगानी बोर्डका सिइओ महाप्रसाद अधिकारीको नाम सिफारिस गर्ने निर्णय गरेको थियो । तर पूर्व माओवादी खेमाबाट कुनै नाम सिफारिस नभएकोमा नेकपाका अर्का अध्यक्ष प्रचण्डले आपत्ति जनाएपछि सोमबार १० बजेपछि सिफारिस समितिको बैठकले महाप्रसाद अधिकारी, सिवाकोटी र राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष मीनबहादुर श्रेष्ठलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

सिफारिसमा परेकाहरुमध्येबाट एकलाई मन्त्रिपरिषद्ले आगामी पाँच वर्षका लागि गभर्नर नियुक्त गर्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस