आज इलाम र बझाङमा मतदान हुँदै « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

आज इलाम र बझाङमा मतदान हुँदै


१५ बैशाख २०८१, शनिबार


काठमाडौँ । आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ । इलाम-२ मा प्रतिनिधि सभा सदस्य र बझाङ निर्वाचन क्षेत्र १ (क)मा प्रदेश सभा सदस्यका लागि उपनिर्वाचन हुन लागेको हो ।

 दुवै निर्वाचन क्षेत्रमा सम्पूर्ण तयारी पूरा भएको जनाउँदै निर्वाचन आयोगले निर्धक्क भएर मतदानमा भाग लिन मतादातालाई आह्वान गरेको छ । निर्वाचन कार्यक्रमअनुसार मतदान  बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ ।

इलाम-२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते हृदयाघात तथा बझाङ-१ का प्रदेशसभा सदस्य नेपाली काँग्रेसका पृथ्वीबहादुर सिंहको गत  असार २५ गते सडक दुर्घटनामा निधन भएपछि रिक्त भएका ती स्थानमा आज चुनाव हुन लागेको हो । 

आयोगबाट जारी भएको मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र, सवारी चालक अनुमतिपत्रमध्ये कुनै एकको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस