पूर्वमन्त्रीका स्वकीय सचिव दम्पत्तिको मृत्यु « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

पूर्वमन्त्रीका स्वकीय सचिव दम्पत्तिको मृत्यु


१६ माघ २०७६, बिहिबार


काठमाडौं । पूर्व मन्त्री थममाया थापाका स्वकीय सचिव हस्त गर्बुजा मगर र उनकी श्रीमती नेत्रकुमारीको मृत्यु भएको छ । ललितपुरको फिट एण्ड फाइन जिमखानास्थित साउनामा वाफ लिन गएका उनीहरु दुबैजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ललितपुर महानगरपालिका–१५ तिखेदेबलमा बस्दै आएका गर्बुजा मगर दम्पत्तिको गएराति निस्सासिएर मृत्यु भएको ललितपुर प्रहरी परिसर जावलाखेलले जनाएको छ ।

उनीहरु बुधबार साँझ जिम सकेर साउना लिन गएका थिए । साउना लिने क्रममा लामो समयसम्म ननिस्किएपछि उनीहरुको खोजी भएको थियो । साउना लिनेक्रममा उनीहरू भित्रै बेहोस भेटिएका थिए ।

बेहोस अवस्थामा पाटन अस्पताल लगिएका उनीहरुलाई चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस