अभिभावकविहीन बालबालिकालाई शान्ति समाजको सहयोग « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अभिभावकविहीन बालबालिकालाई शान्ति समाजको सहयोग


४ मंसिर २०७६, बुधबार


काठमाडौं । अन्तर्राष्ट्रिय बाल अधिकार दिवसका अवसरमा मानव अधिकार तथा शान्ति समाजले अभिभावकविहीन, असहाय बालबालिकालाई आश्रय दिइरहेको संस्थालाई सहयोग गरेको छ ।

गोकर्णेश्वर नगरपालिकास्थित अभिभावकविहीन, असहाय बालबालिकालाई आश्रय प्रदान गरिरहेको संस्था ‘सुनौलो पाइला’लाई रु १५ हजार ६०० नगद सहयोग प्रदान गरेको सभापति उत्तम पुडासैनीले राससलाई जानकारी दिए ।

सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै समाजका सभापति पुडासैनीले जगत्मुखी, जीवनमुखी, सेवामुखी उद्देश्यले काम गरिरहेका संस्थालाई सहयोग गर्ने शान्ति समाजको उद्देश्य रहेको बताए ।

समाजका तर्फबाट सहयोग गरिएको रकम सभापति पुडासैनी, रामकृष्ण बराल, जयराम पुडासैनी, बटुकृष्ण ढुङ्गेल, जगन्नाथ पुडासैनी, नानीकाजी गिरी, ईश्वर पुडासैनी, भगवान पुडासैनी, किरण ढकाल, सुरज बोहरा, विकास थापा, गोविन्द पुडासैनी, दिवाकर पुडासैनी र हरिभक्त पुडासैनीले सहयोगस्वरुप उपलब्ध गराएका हुन् । संस्थामा हाल करिब तीन दर्जन बालबालिकाले आश्रय पाइरहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस