१ हजार ४ सय ग्राहकलाई ८० किलोवाट विद्युत « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

१ हजार ४ सय ग्राहकलाई ८० किलोवाट विद्युत


४ मंसिर २०७६, बुधबार


डोल्पा । डोल्पाको सदरमुकाम दुनै र आसपासका १ हजार ४ सय ग्राहकले ८० किलोवाट विद्युत उपभोग गर्दै आएका छन् ।

पाँच महिना देखी ८० कीलोवाट विद्युतले झिपझिप बत्ति बाल्दै आएका छन् ।

जैरीगार विद्युत गृहबाट उत्पादन हुने कुल २ सय किलोवाट विद्युत मध्य १ किलोवाटको मेसिन बिग्रीएपछि हाल एक मेसिनबाट ८० किलोवाटको बत्ती एक हजार ४ सय भन्दै धेरै ग्राहकले आलोपालो गरेर बाली रहेका छन् ।

हरेक बर्ष र्ममत गरेर चलाई रहेको जैरीगार विद्युत गृहको विद्युतको गत फागुनमा भत्किएपछी असारमा मर्मत यो तर श्रावणमा ट्रवाईन रणर भाचिए पछी फेरी झिमीक झिमीक बत्ती कै भरमा दुनै र आसपासका १४ सय भन्दा धेरै ग्राहक उज्याले लिइरहेका छन् ।

‘दैनिक ८ घण्टा लोडसेडिङ’

जाडो महिना सूरु भएसँगै डोल्पा सदरमुकाममा दैनिक ८ घण्टा लोडसेडिङ हुने गरेको छ । बिहान ६ बजेदेखी ९ बजे सम्म र साँझ ५ देखी ९ बजे भन्दा धेरै समय लोडसेडिङ हुने गरेको नेपाल विद्युत प्राधिकरण डोल्पा वितरण केन्द्रले जानकारी दिएको छ ।

मेसिन एक छ सरदर ८० कीलोवाट भन्दा अलि धेरै उत्पादन हुन्छ ग्राहकले विद्युत खपत धेरै गर्छन त्यसैले लोड धान्न सक्दैन आलोपालो गरेर लोडसेडिङ गर्नुपर्ने बाध्यता रहेको छ प्राविधिक दिनेश शर्माले बताए ।

शर्मा भन्छन्, ‘गाली खानुपर्छ बाध्यता छ हामीले राती पनि नभनि काम गरेका छाुै लोड पुग्दैन बाध्य भएर लाइन काट्नुपर्छ दुखेसो पोखेु । मेसिनले लोड धान्न सक्दैन मेसिननै आफै बन्द हुने गरेको समेत शर्माले जानकारी दिए ।

‘मेसिन बन्ने कुनै टुङ्गो छैन बुटवल नै लानुपर्ने बाध्यता’

श्रावणको पहिलो साता तिर रणर भाँचिएको १ सय किलोवाटको मेसिन पाँच महिना बिति सक्दा समेत मर्मताको कुनै पहल भएको छैन ।

बुटवल पावर कम्पनीले एकहजार किलोवाट भन्दा माथिका काम गर्ने र अन्य कम्पनीले मर्मतको लागि समय नभएको भनेपछि विद्युत गृहमै थन्किएको नेपाल विद्युत प्राधिकरण डोल्पा वितरण केन्द्रका प्रमुख शंकरसिँह ठकुरीले जानकारी दिए ।

ठकुरीले भने आफुसँग ५० हजार भन्दा माथिको आर्थिक कारोवार अधिकार छैन माथिल्लो निकायमा मौखिक रुपमा मात्रै जानकारी भएको लिखित नदिएपछी कुनै पहल नभएको बताए ।

मर्मतको लागि के कति खर्च लाग्छ भन्नेबारे कुनै टुङ्गो नलागेकोले मेसिन बन्ने नबन्ने भन्न नसकिने प्रमुख शंकरसिँह ठकुरीले जानकारी दिए । खर्चको नै यकिन छैन हामी पहलमा छौ हिउदमा लोड धान्न कठिन भएको बताए ।

‘सिएफएल नै बल्दैनन नामको मात्रै बिद्युत’

नेपाल विद्युत प्राधिकरण डोल्पाले वितरण गर्दै आएको बिद्युतले ग्राहकका सिएफएल बत्ति समेत बल्दैनन । जाडोको समय बढेसँगै विद्युतको खपत बढेपनि उत्पादन नबढेपछि नागरिकले पाउनुपर्ने सेवाबाट बञ्चित हुनु परेको हो ।

डोल्पा सदरमुकाम दुनै,जुफाल,त्रिपूराकोटको रुम,मद्धु,सूँ तिप्ला,थाला र लोचाका साथै माथिल्लो दुनैका १४ सय भन्दा धेरै ग्राहकका घरमा सिएफएल समेत नबल्ने विद्युत वितरण गरिरहेका नागरिक समाजको आरोप छ ।

विद्युतको भोल्टेज कम भएपछी सरकारी कार्यालयका काम समेत प्रभाबत्ति भएका छन् भने आधा दर्जन भन्दा धेरै उद्योगहरु समेत प्रभावित भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस