शुल्क फिर्ता नगर्ने मेडिकल कलेजलाई ठगी मुद्दा चलाउन गृहलाई पत्र « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

शुल्क फिर्ता नगर्ने मेडिकल कलेजलाई ठगी मुद्दा चलाउन गृहलाई पत्र


२६ कार्तिक २०७६, मंगलबार


काठमाडौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तोकेभन्दा बढी शुल्क लिएर फिर्ता नगर्ने मेडिकल कलेजलाई ठगीअन्तर्गत मुद्दा चलाउन आग्रह गर्दै गृह मन्त्रालयलाई सोमबार पत्र पठाएको छ ।

गत असोज २८ गते मन्त्रिपरिषद्ले त्यस्ता मेडिकल कलेजलाई १५ दिने समयावधि दिँदै शुल्क फिर्ता नगरेमा कारबाही गर्ने भनी निर्णय गरेको थियो । सोही निर्णय कार्यान्वयन गर्न गृह मन्त्रालयलाई औपचारिक पत्र पठाइएको हो ।

सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बढी शुल्क उठाउने मेडिकल कलेजलाई सरकारले अन्तिमपटक पुनः आग्रह गरेको बताउँदै गृह मन्त्रालयलाई पत्र पठाएको बताए ।

सरकारले दियो निजी मेडिकल कलेजलाई १५ दिने अल्टिमेटम

उनले चालू शैक्षिक सत्रका लागि सरकारी मेडिकल कलेजहरूमा ७५ प्रतिशत छात्रवृत्ति र निजी मेडिकल कलेजहरूमा साविक बमोजिमकै १० प्रतिशत तथा २० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउन विद्यार्थी छनोटका कार्यहरू प्रक्रियामा रहेको जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस