सुनको मूल्य घट्यो, प्रतितोला ७० हजार ८०० « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सुनको मूल्य घट्यो, प्रतितोला ७० हजार ८००


प्रशासन संवाददाता

१० आश्विन २०७६, शुक्रबार


काठमाडौं । शुक्रबार सुनको मूल्य घटेको छ । बिहीबार प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भएको सुन शुक्रबार तोलामा २०० रुपैयाँले घटेर ७० हजार ८०० रुपैयाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै तेजाबी सुन भने ७० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदी पनि तोलामा पाँच रुपैयाँ घटेर तोलाको ८६० रुपैयाँमा झरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस