सुन्दा पार्क पुग्दा नर्क « प्रशासन
Logo ६ चैत्र २०८०, मंगलबार
   

सुन्दा पार्क पुग्दा नर्क


शान्ति बस्नेत

२८ बैशाख २०७६, शनिबार


प्रकृतिको सुन्दर देश नेपाल हो । नेपाल भन्ने बित्तिकै सबैका मनले ‘आहा’ भन्दै मनमा कौतुहलता जागेर आउँछ । प्रकृतिले नै नेपाललाई यति वरदान स्वरूप उपहार दिएको छ । तर के गर्नु हिरा र किरालाई नचिन्ने पशु भन्दा खराब मान्छे नै धेरै भएपछि स्वर्ग जस्तो नेपाललाई नर्क जस्तो कुरूप बनाई गएको यी प्रत्यक्षदर्शी नयनहरू साक्षी छन् ।

देशको भौगोलिक बनावटको संरचना राम्रो छ । यहाँ हिमाल, पहाड र तराईको आ-आफ्नै मौलिक परम्पराहरू छन् । पछिल्लो समयमा समाजको संस्कृतिलाई आधुनिकीरणको नाममा संस्कारलाई चरित्रहीन बनाउँदै लगिएको छ । विभिन्न बस्तीहरूका माझ मानिसहरूलाई रमाइलो गर्ने अर्थात् मनोरञ्जनको स्थान भनेर विभिन्न ठाँउहरुमा पार्कहरू निर्माण गरिएका छन् ।

यस्ता ठाउँहरूमा मानिसहरूलाई आफ्नो दैनिक कार्य पश्चात् केही आराम मिल्ने स्थान साथै आफ्नो दैनिक काम काज भन्दा केही पर गएर विश्राम गर्ने गर्दछन् । जहाँ साथीभाइहरूसँगको भलाकुसारी गरी मनको भारी विसाउँने स्थानको रूपमा देशैभरि धेरै पार्कहरू बनाइएका छन्, भने केही निर्माणाधिन अवस्थामा छन् । स्थानीय सरकारहरू पनि पार्कहरू निर्माणमा धमाधम लागेका छन् । विडम्बना यो छ, कि पार्कहरू बनाइएका ठाउँहरूमा समस्या नै समस्या छन् । त्यहाँ न कुनै राम्रो शौचालय छ, न शुद्ध खाने पानी छ, न बस्ने खालको कुनै छहारी छ, न कुनै अपाङ्ग मैत्री छ, न कुनै महिला, बालबालिका तथा वृद्धावृद्धको लागि केही व्यवस्था गरिएको छ । पार्कहरूको नाम मात्र बनाएर विभिन्न बहाना बनाई रुपैयाँ लिनको लागि मात्रै बनाइएका छन् । केही सीमित पार्कहरूबाहेक सबै पार्कहरू सुविधा सम्पन्न छैनन् ।

अव जुन ठाउँमा पार्कहरू बनाइएका छन्, त्यहाँ व्यवस्थित पार्क बनाइनु पर्छ । पार्कहरू बनाई सकेपछि त्यहाँबाट रुयैयाँ असुल्नेमा ध्यान दिनु भन्दा पनि पार्कहरूमा आउने मानिसहरूले पार्कहरूलाई राम्रो बनाउनेको लागि गर्नु पर्ने कामहरूको बारेमा दिने सल्लाह सुझाव सङ्कलन गरी त्यही अनुसार व्यवस्थित गर्नुपर्छ । यसले गर्दा एक पटक पार्कमा आएका मानिसहरू पुनः पार्कहरू पुग्नै पर्ने सोचुन् । स्थानीय सरकार जहीले पनि विकासका नारा लगाउने गर्दछ । प्रत्येक आर्थिक वर्षमा पार्कहरू पुल पुलेसा बनाउने भनेर दर्जनौँ योजना बनाई लाखौँ बजेट छुट्टाइन्छ ।

पार्कहरूको नाममा काम नगरी रुपैयाँ खाने गर्छन् । पार्कको सुधार गर्दैनन्। सम्पूर्ण नेपालीले प्रश्न गर्ने गर्छन् । विकासको नाममा राजनीतिक गरी मनग्य आम्नदानीको स्रोत किन बनाउने ? सधैँ देशमा विकास गर्न धेरै सम्भावनाहरू छन्, भन्ने हरफहरूले विकासको सम्भावनालाई सफल बनाउँदैन । विकास गर्नको लागि विचारमा मात्र भएर हुँदैन । चौतर्फिक विकास गर्न खाँचो छ । ६ सय ५० रोपनी जग्गामा ०६२ र ६३ सालको आन्दोलनमा मरेका सहिदहरूको नाममा खोलिएको गोकर्णस्थित ‘राष्ट्रिय सहिद तथा शान्ति पार्क’ एउटा पार्कलाई त कमसेकम व्यवस्थित बनाउन लागौँ । दिनभरि बुढा बुबा आमा विभिन्न रोगले घरमा बस्दा-बस्दा दिक्क भएको समयमा गएर बस्नको लागि पार्कहरू भएको स्थानमा गयो, भने कोलाहलपूर्ण वातावरणका पार्कहरू छन् । दिसा पिसाब गर्ने ठाउँ छैन । ‘चर्पी’ पनि प्लास्टिकले बेरेर काम चलाऊ मात्र बनाइएको छ । त्यही पनि च्यातिएर बारिहबाट सबैले देख्न सक्ने छन् ।

पार्कहरूमा चर्पी भएपछि पानी हुनुपर्छ, भन्ने सबैलाई थाहा छ । त्यस्तो सार्वजनिक स्थान पार्क रे ! तर पानी पिउने त परैको कुरा भयो । चर्पीमा प्रयोग गर्ने त एका देशको कुरा हो । पार्कहरूमा सबैसँग रमाइलो गर्न होइन, बिरामी भएर आउने स्थान भएको छ । त्यहाँ पुग्ने जो कोही पार्कहरूलाई सुगन्धित बनाउन होइन दुर्गन्धित बनाउन सबै जना लागेको जस्तो महसुस गर्ने गर्दछन् । त्यस्तै गरी पार्क भनेपछि त त्यहाँका स्थानीय सरकार वा सरोकारवालाले पनि विशेष ध्यान दिनु पर्‍यो नि । चारैतिर फोहोर मैला छ । व्यवस्थापन गर्ने गरिएको छैन ।

वनभोजमा खाएर निस्किएका फोहोर मैलाहरू जताततै सबैले कुल्चिएर हिँडिरहेको दृश्य देखिन्छ भने स्वयम् यो पङ्क्तिकार आफैले पनि भोगेको छु । एउटा कतै डस्विन पनि छैन । पार्क भन्न पनि उफ् घिन लाग्दो छ ! अन्य भू-परिवेष्ठित देशहरूमा निर्माण गरिएका पार्कहरूलाई हेर्ने हो भने त्यहाँ कुनै प्रकृतिको देन छैन । दिनमा सयौँ मानिसहरू पार्कमा जाने गर्दछन् । हाम्रो त प्रकतिले नै मनै लोभ्याउन सुन्दरता भए पनि बरु त्यसैलाई जरादेखि नै उखेलेर फाल्ने चलनले स्वर्ग जस्तो नेपाललाई नर्क जस्तो बनाउँदै छन् । भोलिका दिनहरूमा पार्कहरू विभिन्न सार्वजनिक स्थलहरूलाई घुम्न जाऊँ-जाऊँ जस्तो सुगन्धित पार्कहरू बनाउन सबैले आ-आफ्नो निकायमा पहल गर्नु आवश्यक छ ।

पार्कहरू निर्माण गरिएका स्थानमा हरियाली बनाउनका लागि विभिन्न किसिमका फुल रोप्ने काम गर्नु पर्दछ । रोपेका बोट बिरुवाको संरक्षण गर्नुपर्छ । बिरुवाहरूलाई कसैले भाँचेर वा उखेलेर पाल्ने काम गर्नु हुँदैन । व्यस्त जीवनबाट फुर्सदको समय पार्कहरू पुग्ने मानिसहरूको लागि पार्क आकर्षित हुने गरी निर्माण गरिनु पर्दछ । पार्कहरू निर्माण गर्दा क्षेत्र सहित भौगोलिक अवस्था हेरेर फरक-फरक प्रकृतिका बनाउनु पर्दछ । जसले पार्कहरूको सौन्दर्य बढाउने गर्दछ ।

पार्कहरूमा प्रचण्ड गर्मी छल्न मानिसहरू आउने मात्र गदैंनन्, प्रकृतिलाई नजिकबाट नियाल्नको लागि आउने समेत गर्छन् । त्यसैले पार्कहरूलाई बहुउद्देश्यीय सुन्दर पार्कहरूको रूपमा निर्माण गर्नुपर्छ । पार्कहरू थप्ने भन्दा पनि भएका पार्कहरूलाई व्यवस्थित वनाउँनका लागि उचित कदमहरू चाल्नु पर्छ । सरकारले विभिन्न पार्कहरू निर्माणका लागि छुट्ट्याएका रुपैयाँ सही मार्गका लागि सदुपयोग गरियोस् ।

Tags :
प्रतिक्रिया दिनुहोस