विषयगत प्रश्न « प्रशासन
prasaLogo
२० भाद्र २०७५, बुधबार

विषयगत प्रश्न


प्रकाशित मिति : 5 September, 2018 9:00 am

कानुन निर्माण

प्रश्न. कानुन निर्माण प्रक्रियाका आधारभूत सिद्धान्तहरू उल्लेख गर्नुहोस् । नेपालमा कानुन निर्माण गर्दा अवलम्बन गरिने चरणहरू उल्लेख गर्नुहोस्। (३+७)

उत्तर 

कानुन निर्माण प्रक्रिया
कानुन सामाजिक अनुशासनको नियम हो । कुनै पनि व्यक्ति समाज र राष्ट्रले गर्न हुने र गर्न नहुने कामको सीमा हो । कानुनलाई राज्यको उद्देश्यलाई प्रभावकारी बनाउने हतियारको रूपमा लिइन्छ । कानुन औपचारिक र अनौपचारिक हुन्छन् । कानुन निर्माण प्रक्रिया राज्यले न्यायिक दस्दावेजहरु निर्माण गर्ने क्रममा अपनाउने सम्पूर्ण विधि, प्रक्रियाहरूको समष्टि हो । । कानुन निर्माण प्रक्रिया हरेक देशको शासन व्यवस्था, संवैधानिक व्यवस्था, पद्धति, कानुनी प्रावधान र अनुरूप फरक(फरक हुन सक्छ

कानुन निर्माणका आधारभूत सिद्धान्तहरुः

  • सबै सभासदहरु कानुन निर्माणका दृष्टिले समान हुन्छन्  (Principle of equality)
  • कानुन निर्माण गर्दा पारदर्शी रूपमा निर्माण गर्नुपर्छ (Transparency)
  • क्रमबद्धको चरण पालना (अनुसरण) गर्नुपर्दछ (Neutrality) ।
  • सामान्यतया अल्पमतको सम्मान गर्दै बहुमतले कानुन बनाउनुपर्छ (Majority respect to Minority)।
  • वाक तथा अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित हुनुपर्दछ (Principle of Freedom of speech and expression)।
  • कानुन प्राकृतिक न्यायको सिद्धान्तमा आधारित हुनुपर्छ ।
  • कानुनले विविधताको पहिचान र पृथकताको सम्मान गर्नुपर्दछ ।

कानुन निर्माणको चरणहरुः
कानुन मूल रूपमा विधायिका र विधायिकाले निर्माण गरेको कानुनले प्रत्यायोजन गरेको अधिकारभित्र रहेर राज्यका अन्य अंगहरुबाट निर्माण हुन्छ । कानुन निर्माण हुँदा आवश्यक विचार, विमर्श र व्यापक छलफल गरी निर्धारित विधि, पद्धति अनुरूप निर्माण गरिन्छ । कानुन निर्माणको मूल थलो विधायिका हो । जसले निश्चित विधि र प्रक्रियामा रहेर कानुन निर्माण गर्दछ । जसलाई मूलभूत रूपमा देहाय बमोजिम उल्खेख गर्न सकिन्छ

क. पूर्व विधायिकी चरण
१. आवश्यकताको पहिचान,
२. सन्दर्भको पुनरावलोकन,
३. पारम्भीक मस्यौदा,
४. मस्यौदा उपर सरोकारवालासँग छलफल,
५. अन्तिम मस्यौदा,
 सरकारी विधेयकको हकमा भने कानुन तर्जुमाका लागि मन्त्रिपरिषद् बाट सैद्धान्तिक स्वीकृति आवश्यक पर्दछ । अन्तिम मस्यौदालाई मन्त्रिपिषद्ले पारित गरी सरकारी विधेयकको रूपमा संसदमा दर्ता गरिन्छ ।

ख. विधायिकी चरण
१. दर्ता
२. तालिकिकरण
३. छलफल

छलफलमा देहाय अनुसार गर्ने गरिन्छ

  • प्राथमिक छलफल (सैद्धान्तिक विषयमा)
  • दफावार छलफल
  • विधेयकले समावेश गरेको विषयवस्तुमा छलफल
  • विधेयक पारित गर्ने वा नगर्ने निर्णयका लागि

४. संशोधन( छलफलका प्रत्येक चरणमा संशोधन प्रस्ताव पेस गर्न सकिन्छ ।
५. प्रमाणित( सामान्यतया सभामुखबाट गरिन्छ ।
६. प्रमाणीकरण(सामान्यतया राष्ट्रप्रमुखबाट गरिन्छ ।

निष्कर्ष
कानुन राज्यलाई अनुशासित र समाजलाई व्यवस्थित र निर्देशित गर्ने एउटा औजार हो । यसको निर्माण व्यापक रूपमा जनभावनालाई समेट्ने गरि हुनु पर्दछ । यसरी, व्यापक छलफल र जनभावना अनुकूल हुनेगरि र निर्माण भएको कानुन कार्यान्वयनलाई व्यवहारिक बनाई व्यवस्थित रूपमा लागु गर्नका लागि राज्यका सबै अङ्ग, निकाय व्यक्ति र समाजको तत्परताको जरुरत पर्दछ ।


प्रस्तुतीः
भुवन ज्ञवाली
केदार प्रसाद खतिवडा


यसअघिका सबै श्रृंखलाहरु हेर्न तलको लिंकमा क्लिक गर्नुहोस्

http://www.prasashan.com/category/loksewa/

Tags :
प्रतिक्रिया दिनुहोस