आर्थिक कूटनीतिसँग सम्बन्धित विषयगत प्रश्नोत्तर « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

आर्थिक कूटनीतिसँग सम्बन्धित विषयगत प्रश्नोत्तर


प्रशासन विशेष ब्युरो

१४ भाद्र २०७५, बिहिबार


कूटनीति

प्रश्न: आर्थिक कूटनीति भनेको के हो ? यसका क्षेत्रहरू उल्लेख गर्दै नेपालले आर्थिक कूटनीतिलाई सबल तुल्याउन चाल्नु पर्ने कदमहरू उल्लेख गर्नु होस । (2+3+5‍‍)

उत्तर:

आर्थिक कुटनीतिः
कुनै पनि देशले आफ्नो राष्ट्रिय अर्थतन्त्रको प्रवर्द्धन र सबलीकरणका लागि द्विपक्षीय, क्षेत्रीय वा अन्तर्राष्ट्रिय निकायहरूसँग कायम गरेको कूटनीतिलाई नै आर्थिक कूटनीति भनिन्छ । साधारण कूटनीतिले मुलुकको सबै प्रकारका राष्ट्रिय स्वार्थहरू पूरा गर्ने प्रयास गरेको हुन्छ भने आर्थिक कूटनीति मूलतः आर्थिक समृद्धिका लागि केन्द्रित हुन्छ । हालका दिनहरूमा खेल कूटनीति, सांस्कृतिक कूटनीति, धार्मिक कूटनीति, प्रतिरक्षा कूटनीति, राष्ट्र सङ्घीय कूटनीति, वैवाहिक कूटनीति, बैङ्किङ कूटनीति, व्यापारिक कूटनीति, क्षेत्रीय कूटनीति कूटनीतिहरू प्रचलनमा छन् ।

आर्थिक कूटनीतिका क्षेत्रहरुः
आर्थिक गतिविधिको व्यापकताद्धारा आर्थिक उन्नति र प्रगति हासिल गर्न सकिने विषयहरू नै यसका क्षेत्रहरू हुन जसलाई निम्न अनुसार उल्लेख गर्नु सकिन्छ :

  • वैदेशिक व्यापार,
  •  वैदेशिक लगानी,
  •  पर्यटन,
  • विकास सहायता,
  • वैदेशिक रोजगारी र आप्रवासन,
  • आर्थिक सम्बन्ध,
  • जलवायु वित्त,
  • प्राकृतिक साधन व्यवस्थापन,
  • ऊर्जा दक्षता र संरक्षण,
  • क्षेत्रीय सहयोग,
  • क्षमता विकास र प्रविधि हस्तान्त्रण ।

आर्थिक कूटनीतिलाई सबल बनाउन चाल्नु पर्ने कदमहरुः
नेपालले पछिल्लो समय विशेष जोड दिएको विषय हो आर्थिक कूटनीति । यस क्षेत्रको सबलिकरण गर्नु पर्ने चुनैति विद्यमान छ जसको सामना गर्न निम्न कदमहरू चाल्न सकिन्छ:

  • प्रस्ट भिजन, मिसन र ध्येय सहित आर्थिक कूटनीतिलाई अघि बढाउने,
  • राजनैतिक तहबाट यस मामिलालाई गम्भीरतापूर्वक लिने,
  • कूटनीति नियोगहरूलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्ने,
  • यस सम्बन्धी ऐन, कानुन, नीति नियममा समय सापेक्षरूपमा परिमार्जन र संशोधन गर्ने,
  • कार्यान्वयन पक्षलाई सबल बनाउनको लागि दण्ड र पुरस्कारको नीति लागु गर्ने,
  • कूटनीतिक नियोगहरूलाई आर्थिक, मानवीय, प्राविधिक, नीतिगत र बौद्धिक स्रोत साधनले सम्पन्न गराउने,
  • कार्यसम्पादन परि सूचक तयार गरी कूटनैतिक नियोग र त्यहाँ कार्यरत कर्मचारीको मूल्याङ्कन गर्ने,
  • आर्थिक कूटनीतिसँग प्रत्यक्ष अप्रत्यक्ष सम्पर्क रहेका अन्य क्षेत्रहरू सँग सम्पर्क विस्तार गर्ने,
  • कूटनीतिक सेवालाई आर्थिक कूटनीतिमा केन्द्रित गरी परराष्ट्र मन्त्रालयको पुनः संरचना गर्ने,
  • यस विषय सँग सम्बन्धित निकायहरू बिच समन्वय कायम गर्ने ।

निष्कर्ष
देशको आर्थिक हित कायम गर्दै अर्थतन्त्रलाई सबलिकरण गर्न दिपक्षिय, बहुपक्षीय र क्षेत्रीय स्तरमा सञ्चालन गरिन्छ आर्थिक कूटनीति । उल्लिखित क्षेत्रमा कुशल कूटनीतिको परिचालन द्वारा आर्थिक विकास र समृद्धि हासिल गर्दै सुखी नेपाली र समृद्ध नेपाल निर्माणको मार्गमा अघि बढ्न सकिन्छ ।


प्रस्तुतकर्ता
झलक के.सी.


यसअघिका सबै श्रृंखलाहरु हेर्न तलको लिंकमा क्लिक गर्नुहोस्

http://www.prasashan.com/category/loksewa/

Tags :
प्रतिक्रिया दिनुहोस