आर्इ क्यूँ : किन र कसरी ? « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

आर्इ क्यूँ : किन र कसरी ?


प्रशासन विशेष ब्युरो

९ भाद्र २०७५, शनिबार


IQ

IQ, अर्थात् Intelligence quotient यो एउटा चिरपरिचित शब्दावली छ, लोक सेवा परीक्षार्थीहरूमाझ । लोकसेवा आयोगद्वारा लिइने अधिकांश परीक्षाहरूमा उपयुक्त उम्मेदवारको चयनका लागि यसको जाँच गर्ने चलन रही आएको छ । उपयुक्त उम्मेदवारको चयन गर्ने सिलसिलामा IQ को माध्यमबाट परीक्षार्थीको तार्किक क्षमता, विश्लेषणयुक्त समाधान पत्ता लगाउन सक्ने क्षमता तथा जटिल देखिने समस्याहरूलाई सरल पार्ने सक्षमताको परीक्षण गरिन्छ ।

परीक्षामा आई क्युँ लाई उम्मेदवार छनौटको एक माध्यमको रूपमा नेपालमा मात्र लिइएको भने होइन । यो विधि विभिन्न मुलुकहरूमा प्रचलित एवम् प्रमाणित विधि घोषित भई नेपालको परीक्षा प्रणालीमा पनि भित्रिएको हो । आजको प्रस्तुतिमा हामीले कतिपय परीक्षार्थीहरूका लागि टाउको दुखाइको विषय समेत बन्ने गरेको यो गणितिय मापनको औचित्य र यसमा सफल हुनका लागि अपनाउन सकिने केही विधिहरूका बारेमा जानकारीहरू प्रस्तुत गर्ने जमर्को गरेका छौँ ।

आई क्युँ किन ?
आई क्युँले मूलतः परीक्षार्थीको गणीतिय सीपको जाँच गर्दछ तर यो पूर्ण गणित भने होइन । यसले परीक्षार्थीले कुनै सामान्य समस्यालाई समाधान गर्ने क्षमता राख्छ वा राख्दैन भन्ने गुणको परीक्षण समेत गर्दछ । आई क्युँ एक बहुआयामिक परीक्षण हो जसले समग्रमा परीक्षार्थीले Logical Capacity को तोकिएको समयभित्रको प्रयोग कसरी गर्दछ भन्ने विषयमा मूलतः ध्यान पुर्‍याउँदछ । विभिन्न व्यक्तिहरूले आई क्युँको सेवा प्रवाह सँग कुनै अन्तरसम्बन्ध नरहेको भनी आलोचना गर्ने गरेको पनि पाइन्छ । वास्तवमा सो कुरा सत्य भने होइन । यसले कुनै न कुनै रूपमा सक्षम प्रशासकीय अधिकारीको छनौटमा टेवा पुर्‍याउँछ । उही समस्यालाई छोटो, सान्दर्भिक तथा अझ प्रभावकारी ढङ्गले समाधान गर्नमा यसले भूमिका खेल्दछ । यस अन्तर्गत शाब्दिक तथा अशाव्दिक समस्याहरूको समाधान खोजिन्छ, दिशा र दुरीको परीक्षण गरिन्छ, अंकहरुको श्रेणीक्रम तथा चित्रात्मक एवम् अन्य विविध अनौठा समस्याहरूको पनि यसमा अभ्यास गरिन्छ ।

आई क्युँ कसरी ?
आई क्युँका विभिन्न प्रकारहरू हुन्छन् । तिनका समाधान पनि फरक फरक किसिमका हुन्छन् । आजको प्रस्तुतिमा हामीले लोकसेवा आयोगले आफ्नो पाठ्यक्रममा समावेश गरेका केही आई क्युँका विषयहरू समाधान गर्न केही उपयोगी जानकारीहरू सार्वजनिक गरेका छौँ ।

 Take It as simple
गणितका आधारभूत क्रियाको ज्ञान राख्नुहोस् । आई क्युँमा सोधिने प्रश्नहरू त्यस्तो अप्ठ्यारो नभए तापनि Tricky भने हुन्छन् । दिनहुँ अभ्यासमा आइरहने भन्दा केही पृथक् विशेषता भएका प्रश्नहरू सोधिन्छन् । जुन प्रश्नको उत्तर हेर्ने हो भने सो प्रश्न आफूले बिगारेकोमा आफैप्रति लज्जा बोध हुन्छ । स्मरण गर्नुहोस्, यी प्रश्नहरू जति पनि सोधिन्छन्, यी सबै कसै न कसैका मस्तिष्कका उपज नै हुन् । अतः यिनको समाधानका लागि केही ठुलै चमत्कारै हुनुपर्ने भन्ने हुँदैन ।

 Don’t think out of the box 
मुख्य समस्या के भने आई क्युँका अलि जटिल प्रश्नहरू देख्ने बित्तिकै हामी आत्तिन्छौ र नाना थरी बाटाहरू सोच्न थाल्छौँ । उदाहरणका लागि O,T,T,F,F,S,S,E,……यो प्रश्न हेर्दा जति जटिल होला जस्तो देखिन्छ, वास्तवमा त्यत्ति नै सजिलो छ । यसमा एकदेखि माथिका सबै अंकहरुको अङ्ग्रेजी नामको पहिलो अक्षर क्रमैसँग राखी प्रश्नको निर्माण गरिएको छ । कुनै अर्को उपायले यसको समाधान गर्न खोज्दा जस्तो कि अक्षर बिचको फरक हेर्ने, क्लस्टर गर्ने, अक्षरको सम्बद्ध अङ्कको गणना गर्ने आदि गर्न थालियो भने परीक्षामा एकातर्फ तनावग्रस्त मस्तिष्क झन् तनावमा आउँछ भने अर्कोतर्फ परीक्षाको अमूल्य समय समेत नष्ट हुन जाने हुन्छ । अतः के के न सोध्यो होला भनी सशंकित तथा भयभीत भएर समाधानको बाटो नबिराएकै राम्रो ।

 समयमा ध्यान र प्रश्न Skip गर्न सक्ने कला
परीक्षामा सफलताको प्रमुख कडी नै समय हो । अझ आई क्युँ त यस्तो विषय हो जो जानेको छैन भनी चट्ट छोडेर अगाडी बढ्न पनि मन लागिहाल्दैन । सामान्यज्ञानको दायरा अति नै बृहत् भएको हुँदा परीक्षार्थीहरू आई क्युँ बाट नै अङ्क प्राप्त गर्ने रणनीतिमा पनि रहन्छन् । फेरी मानिसको आई क्युँ फरक फरक समयमा फरक फरक हुने हुँदा सबै प्रश्नको समाधानको बाटो दिइएको समयभित्रमा पत्ता लगाउन नसकिनु पनि सामान्य नै हो । अतः नजानिदैं गरेको एउटा प्रश्न मिलाउँछु भनेर हिसाबमा तल्लीन भइरह्यो भने अरू सजिला अङ्क प्राप्त गर्न सकिने प्रश्नहरू छुट्न जान सक्नेतर्फ ध्यान पुर्‍याउनु पर्दछ ।

 खोजमुलक अध्ययन
कुनै एउटा किताबबाट प्रश्न पर्ने भन्ने हुँदैन यसका साथै लोकसेवा आयोगले सोध्ने आई क्युँ का प्रश्नहरूमा पनि नौलोपनको अनुभुति गर्न सकिन्छ । आजको समयमा विज्ञानको विकाससँगै इन्टरनेटको पनि व्यापकता हरेक क्षेत्रमा छाएको छ । यसबाट परीक्षार्थीले लाभ लिन कन्जुस्याँई गर्नु हुँदैन । विभिन्न वेबसाइटहरू, विभिन्न देशका परीक्षामा सोधिएका आई क्युँका स्तरिय प्रश्नहरू, पुराना ढाँचाका भन्दा Challenging प्रश्नहरू को खोजी तथा लोकसेवा आयोगद्वारा विभिन्न समयमा नमुना प्रश्नका रूपमा राखिएका तथा सोधिएका प्रश्नहरूको समाधान गर्ने हो भने आई क्युँमा परीक्षामा परीक्षार्थीले परीक्षा भवनबाट बाहिर निस्किदा मलिन अनुहार लगाउन नपर्ला ।

 IQ Tricks
ट्रिक्स IQ Enhancer को रूपमा रहन्छन् । सबै समस्याहरूमा यिनको प्रयोग गर्न सम्भव नहुने भएता पनि अधिकांश समयमा यिनले छरितो समाधानमा परीक्षार्थीलाई सहजता प्रदान गर्दछन् । तसर्थ तयारीको समयमा परीक्षार्थीले दिइएको समस्याको छरितो समाधानको बाटो पत्ता लगाउने तथा निरन्तर अभ्यासमा राखी परीक्षाको बखतमा प्रयोग गर्नु पर्दछ ।

 Data Preparation
यस अन्तर्गत गणीतिय data हरूलाई देख्ने बित्तिकै उक्त अङ्कको विशेषता पहिचान गरी आई क्युँको समाधानमा थप सहजता पुग्न सक्दछ । उदाहरणको लागि कुनै series मा २१९७ भन्ने अङ्क देखा परेको खण्डमा प्रश्न देखेपश्चात् उक्त सङ्ख्या कतिको square अथवा cube के हो भनी खोतल्नु भन्दा यो त सङ्ख्या १३ को cube हो भनी झट्ट सम्झनामा आएमा समाधान अति नै सहज हुन जान्छ । यसका लागि जतिसम्म सकिन्छ, वर्गसंख्या तथा घनसंख्या कण्ठस्थ पार्ने, त्यस्तै रुढ सङ्ख्या र संयुक्त सङ्ख्याबारे दुरुस्त ज्ञान राख्ने लगायतका तयारीहरू गर्न सकिन्छ । यसले निश्चय नै संख्यात्मक आई क्युँ प्रश्नको समाधानलाई सहज पार्दछ ।

 Repeated Exercise 
आई क्युँका नौला प्रश्नहरू एक पटक समाधान गरेर मात्र पुग्दैन । सो प्रश्नहरू भन्दा केही फरक प्रश्नहरू परीक्षामा सोधिँदा समाधान गर्न गाह्रो हुन्छ । स्मरण रहोस्, आई क्युँ का प्रश्नहरू घण्टौँ घोत्लिएर लागेमा कुनै प्रश्नहरू पनि समाधान गर्न नसकिने भन्ने हुँदैनन् । परीक्षामा यो प्रश्न त मैले कहीँ न कहीँ देख्न त देखेको त हो भन्दै समाधान गर्न नसकेको कुरा परीक्षार्थीहरूले पटक पटक सुनाई रहेका हुन्छन् । मुख्य प्रश्न त Instant idea कसरी Generate गर्ने भन्ने हो । यसका लागि एउटै खाले समस्याको पनि पटक पटक समाधान गरिराख्ने Repeated Exercise भन्दा अन्य विकल्प देखिन्न ।

 आत्मविश्वास र निरन्तरता
भनिन्छ, अभ्यासले नै मानिसलाई पूर्ण बनाउँदछ । आखिरमा जतिनै सैद्धान्तिक ज्ञान भए पनि आत्मविश्वास छैन भने सो ज्ञानको कुनै प्रयोग हुँदैन । अतः आफूमा विश्वास राख्दै निरन्तर अध्ययनमा होमिने हो र नयाँ ढङ्गबाट आफूमा निहित ज्ञानको दायरालाई बिस्तार गर्दै जाने हो भने सफतला प्राप्त हुने निश्चित छ ।


प्रस्तोता
भोजराज भट्ट
केदारप्रसाद खतिवडा


यसअघिका सबै श्रृंखलाहरु हेर्न तलको लिंकमा क्लिक गर्नुहोस्

http://www.prasashan.com/category/loksewa/


 

Tags :
प्रतिक्रिया दिनुहोस