१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

योग शिक्षा किन महत्वपूर्ण छ ?

अ+ अ-

मनुष्य प्राणी परमात्माको अमूल्य उपहार हो । यसको उचित सदुपयोगबाट मात्र मानिस सदा सुखी आनन्दित तथा शान्त भएर जीवन जीउन सक्दछ । प्राचीन समयमा ऋषिमुनिहरूले स्वस्थ रहन योग र आयुर्वेद प्रयोगमा ल्याएका थिए तर हाम्रो मन बेहोश छ । भित्रि र बाहिरी अनुशासन पालना छैन ।

अधिक लोभ, स्वार्थ र काम बासनाले घेरिएर बसेका छौं । रातारात सफल बन्न यम नियम भंग गर्छौं । भागदौडको जिन्दगी छ । खाना खाने समेत फुर्सद छैन । मानिसहरुलाई आराम गर्ने फुर्सद छैन । अनि चारैतिर अँधेरो मात्र छ । स्वार्थ छ । अहंकार छ । लोभ छ । सबैतिर नकारात्मक देख्छौँ र त्यस्तै कर्म गरियो भने मन बेहोश र शरीर रोगी नै हुन्छ ।

जीबनमा राम्रो काम गरेपनि नगरे पनि जीबन मृत्युतर्फ अगाडी बढीरहेको छ । तर मानब जीवन मुक्ति मार्गमा अगाडी बढ्नुपर्छ । मोह क्षय मार्गमा अगाडी बढ्नसके आफ्नो मूल स्वरुपमा फर्कन सकिन्छ । यो जीवन सारै महत्वपूर्ण छ । एकथरी व्यक्तिहरु भन्छन् मोज गर्नु पर्दछ । अर्कोतर्फ अलि मिहेनत र त्याग गरियो भने आफ्नो मुल स्वरुपमा अर्थात बह्म स्वरुपमा पुग्न यो शरीर प्रयोग हुन सक्छ ।

मनुष्य जीवनको सर्वोपरी उद्येश्य

चार पुरुषार्थ (धर्म, अर्थ, काम, मोक्ष) प्राप्तगरी आत्म उन्नति गर्ने । जन्म, मरणको चक्रबाट मुक्त भई प्रभुसंग एकाकार गर्ने । उपलव्धिको माध्यम – पूर्ण रुपमा स्वस्थ शरीर हो र शरीर रक्षा गर्ने उपाय – आहार, निन्द्रा, ब्रह्मचर्य हो ।

वर्तमान परिस्थिति

♦ टोल बासीहरू बीच एकआपसमा परीचित हुन नसकिरहेको र सामाजिक सदभाव, आपसी सहयोग र भाईचारामा कमी तथा योग, आयूर्वेद तथा नैतिक शिक्षाको अभाव ।
♦  प्रदूषित हावा, पानी र विशाक्त आहारा लिन बाध्य अवस्था, विषादीको अत्याधिक प्रयोग, टि भी, मोवाइल, ल्यापटप, प्लाष्टिकका वर्तनको अत्याधिक प्रयोग ।
♦ अज्ञानताको कारण आहार बिहार र आचरण ठीक ढङ्गबाट हुनमा कमी, अवेरसम्म जागा, अनिन्द्रा ।
♦ बढ्दो आश्यकता, भागदौडको जिन्दगी, तनावपूर्ण वातावरणमा समय व्यतित ।
♦ कालो बजारी, लुटपाट, डकैती, मुद्धामामिलाको घटनामा बृद्धी, नैतिकताको सङ्कट नै हिंसा बढ्नुको मूल कारण ।
♦ अस्पताल, अदालत, वकिल ,डाक्टर, प्रहरीको संख्यामा बृद्धि, । असल भन्दा सफल बन्ने होड । सत्कर्म भन्दा पाप कर्म ज्यादा ।

परिणाम

♦ विभिन्न रोगीको संख्यामा बढोत्तरी, अंगहरु फेल हुने क्रम बढ्दो छ । प्रत्येक चौथो व्यक्ति प्रेसर, सुगर, हाइपर टेन्सन, कब्जियत, मुटुरोग, पक्षघात लगायतका समस्याबाट ग्रस्त, क्यान्सर लगायत बिभिन्न डरलाग्दो रोगहरूको माहामारीको अवस्था ।
♦ महङ्गो उपचार पद्धती, सानातिना समास्यामा पनि थुप्रो धनराशी खर्च हुने गरेको , अरबौं रूपैयाँ उपचारमा बिदेसिदै । धनी व्यक्ति आफ्नो सम्पूर्ण धन र समय खर्च गरेर पनि कष्टकर जीवन जीउन बाध्य, गरीब व्यक्ति उपचार नपाइ अकालमा मर्न बाध्य ।
♦ परिवारमा अशान्ति, सामाजिक सदभाव तथा सदाचारमा कमी, तनाव तथा हिंसा बढ्दै गइरहेको । अशान्त मनकलह, पाप कर्म, भ्रष्टाचार, गरीवि, हिंसा, निरासा, मानसिक रोगी, डिप्रेशनको शिकार । अनुहार अध्यारो र विकृत रुपमा परिणत ।
♦ जीवनभरी दौडधुप गरेर कमाएको सम्पती मध्य उमेरमा नै एकै चोटि आफ्नो पूर्ण धन सम्पति सिध्याएर उपचार गर्न बाध्य तर खर्च गरेर पनि ठिक उपचार पाउन नसकी कष्टकर जीवन बा“चिरहेकोे अवस्था ।
♦ कति पुण्यबाट प्राप्त मुनष्य जीवन, उहि दलदलमा नै फस्न पुग्दछ । अनमोल मानव जीन्दगी हावामा बितिरहेछ । पीडा, बेचैन, अनिद्रा साथै रोग प्रतिरोधात्मक क्षमता घटेर बिमारी बन्दै ।

चरित्रबल

स्वामी सच्चिादानन्द विशुद्धदेव भन्नुहुन्छः “चारित्रिक शक्तिद्वारा नै व्यक्ति सर्बज्ञ हुन्छ । दिव्य हुन्छ । आजसम्म कोही व्यक्ति वा राष्ट्र धनबल, जनबल वा सेनाबलको आधारमा महान बनेको छैन । चरित्रबलको आधारमा महान बनेको छ । विजयी बनेको छ । हामीले सर्वदा चरित्रबललाई नै मान्यता दिनुपर्छ । सम्पूर्ण बलहरूको बल नै चरित्रबल हो । कुनै पनि समाज वा राष्ट्रलाई महान र सर्वविजयी बनाउने शक्तिको नाम नै चरित्र हो ।”

चरित्रले भविष्य निर्माण गर्छ । चरित्रवान नागरिकमै देशको भविष्य निर्भर हुन्छ । कमजोर चरित्र भएका नागरिकले उन्नत देश बनाउन सक्दैनन् । चरित्रवान नागरिकको भूमिका देश निर्माणका लागि अतुलनीय हुन्छ । तसर्थ शिक्षकको उद्देश्य विद्यार्थीको चरित्रनिर्माण गर्दै सूकर्मको माध्यमबाट सच्चा ज्ञानको ज्योति निरन्तर छर्दै विद्यार्थीहरू व्यवहारोपयोगी जीवनयापन गर्न समर्थ तुल्याउने हुनुपर्छ । हामीले दिने शिक्षाले व्यक्तिको चारित्रिक, नैतिक उन्नति हुँदै गई आत्मनिर्भर बनी समाज र राष्ट्रको शान्ति, समुन्नति तथा हरतरहले राष्ट्रको गरीमा बढाउने काममा लागि अन्ततः आध्यात्मिकताको परिप्राप्तिमा समेत सहयोगी हुन्छ ।

मन र संस्कार कसरी बन्छ ?

जन्मनु अगाडि पूर्व जन्मको संस्कार र गर्भअवस्थामा आमाको सोच र आहार अनुसार तथा जन्मि सके पश्चात एउटा बालकको नजिक आमा, शिक्षक, परिवार, समाजबाट जे जस्तो शिक्षा धारण गर्न अवसर मिल्दछ ती नै खुराकहरुबाट मन र सस्कार बन्दछ । जस्तो आहार जसरी लिछौं । जुन वाणी हामी बोल्दछौं । सोच्दछौं र मनमा अनुभव गर्दछौं । त्यस्तो प्रभाव हाम्रो अन्तस्करणमा गएर जम्मा हुन्छ र अनि हाम्रो मन, स्वभाव र चरित्र सोही अनुरूप निर्माण हुँदै जान्छ । त्यसर्थ असल वा खराव नागरिक तयार गर्नमा एउटी आमा तथा शिक्षकहरुको ज्ञान तथा आचरणको महत्वपूर्ण भुमिका महत्वपूर्ण रहन्छ ।

हाम्रो विद्या कस्तो हुनुपर्छ ? हाम्रो परम्परामा विद्या कस्तो हुनुपर्छ भन्ने सन्दर्भमा बताइएको छ–“सा विद्या या विमुक्तये” अर्थात् विद्या यस्तो हुनुपर्छ जसले मुक्ति देओस् । एजुकेसन फर लाइवीरेसन । यहाँ मुक्तिको अर्थ मोक्ष मात्र नभइ, मोहन्धताबाट मुक्ति, काम, क्रोध, लोभ, मोह, मद–मात्सर्यबाट मुक्ति, दवन्दवबाट मुक्ति, अशान्तिबाट मुक्ति लगायत सम्पूर्ण अवगुणहरूबाट मुक्ति भन्ने अर्थ हुन्छ । यसैले शिक्षा केवल भौतिक उपलब्धिका लागि मात्र नभइ आत्मचिन्तनसम्मको लक्षमा परिलक्षित हुन सक्यो भने त्यसले असल, सभ्य, ज्ञानी, सु–संस्कृतसम्पन्न नागरीक तयार पार्न मद्यत पु¥याउने हुन्छ ।

प्रमाणपत्र प्राप्त गर्दैमा शिक्षित भइन्छ भन्ने धारणा विल्कुलै गलत छ । वास्तविक शिक्षित व्यक्ति त त्यो हो जसले आमा, बाबु, गुरू, अतिथि, मान्यजनप्रति श्रद्धा, सम्मान गर्छ तथा आफूभन्दा सानाहरूप्रति स्नेह राख्दछ, आफू जुन समाज र राष्ट्रमा हुर्केको, बढेको छ त्यस मातृभूमिप्रति नतमस्तक भइ राष्ट्रको उन्नति, प्रगतिमा केही न केही योगदान गर्नुपर्छ भनि जहाँ छ, जस्तो छ, क्षमताअनुसार मन, वचन र कर्मले सहयोग गर्छ । सधैं सकारात्मक या शाश्वत चिन्तनका साथ अगाडि बढ्छ र आफ्नो धर्म संस्कृतिलाई निरन्तरता दिन्छ तथा संस्कृति र हाम्रो परम्परामा देखिएका विकृतिलाई हटाउँदै संस्कृतिलाई अझ कसरी सु–संस्कृतिसम्पन्न गराउन सकिन्छ त्यसमा मरिमेटेर आफ्नो मात्र होइन समाजको, राष्ट्रको र विश्वको हितमा कटिबद्ध हुन्छ । त्यस्तो शिक्षा योग र अध्यात्मबाट मात्र सम्भव छ ।

संगतगुनाको फल

बिहान जागेदेखि राति सुत्ने बेलासम्म दिन रात २४ घन्टामा जसरी समय बिताईन्छ, जसरी समय सदुपयोग गरीन्छ त्यसबाट नै जीवनको सफलता/असफलताको आधार बन्दै जान्छ । सदाचार नै हाम्रो धर्मको आधारको मूल तत्व हो, यसमा नै हाम्रो धर्म टिक्दछ । त्यसबाट नै हाम्रो चित्त शुद्धिमा मद्दत पुग्दछ । अतः यदि तपाइ राम्रो व्यक्तित्व पाउ“न चाहनुहुन्छ भने आहार एवं विचारहरूप्रति प्रतिपल सजग रहनुपर्छ । कुनैपनि ज्ञान वा सत्कर्म शुद्ध चित्त बिना सम्भव नै छैन । तसर्थ ठीक संगत, उचित आहार र व्यवहारबाट मात्र हाम्रो मन, चित्त र संस्कार शुद्ध हुँदैजान्छ ।

नारीको भुमिका

नारी ममता कि खानी हुन् । नारी पहिलो गुरू हुन् । जब नारी नैतिक र सदाचारी हुन्छिन् तव उनी कल्याणीको रूपमा प्रस्तुत हुने गर्छिन् र जगतको भलो गर्न सक्षम हुन्छिन् । तर जब अनैतिक र दूराचारी हुिन्छन्, तब उनी कामीनीको रूपमा प्रस्तुत हुने गर्छिन् अर्थात् राक्षस व्यवहार देखाउने गर्छिन् ।

आमा, पत्नी, दिदी वहिनी, छोरीको भूमिका निभाउ“दै एउटी नारीले नजिकवाटसबैलाइ सु संस्कार वा कु संस्कार प्रदान गरीरहेकि हुन्छिन् । एउटी महिला ज्ञानी, योगी, संस्कारीत र शिक्षित भएमा पुरै परिवार, समाज र राष्ट्र नै शिक्षित र सू संस्कारीत हुन्छ । यदि महिला शारीरिक तथा मानसिक रूपमा अस्वस्थ भएको खण्डमा उसले परिवार, वाल बच्चाहरूको राम्रोसँग हेरचाह गर्न र सु संस्कार पनि दिन सक्दिनन् ।

वाल अवस्थामा जस्तो ज्ञान तथा संस्कार हासिल गर्दछ, त्यो छाप अन्तिम अवस्थासम्म पनि मनमा गढेर रहन्छ र पछि सम्म पनि सोहि अनुसारको संस्कार र कर्म गर्दछ । एउटी महिला ज्ञानी, योगी, संस्कारीत र शिक्षित भइन् भने शिशुलाई नौ महिनासम्म गर्भमा तथा जन्म पश्चात पनि केहि वर्षसम्म आमाकै काखमा राखेर संस्कार प्रदान गर्दछिन्, कस्तो संस्कार बन्छ भन्ने कुरामा आमाकै शिक्षा ,सोच, आहार तथा संस्कार तथा दिइने प्रेम, स्नेह, ममतामा भर पर्दछ ।

योगको तागत

विचारहरूको पवित्रता नै अहिंसा र सत्यादि महाव्रत हो । विचारहरूको पवित्रता नै नैतिकता, आध्यात्मिकता र मानवता हो । विचारहरूको अपवित्रता नै हिंसा, अपराध, क्रुरता, शोषण, अन्याय, अधर्म र भ्रष्टाचारको कारण हो । पवित्र विचार प्रवाह नै व्यक्तिको पवित्र आहार, पवित्र व्यवहार, पवित्र आचरण र पवित्र जीवनको आधार हो ।

विचारहरूको पवित्रता नै नैतिकता हो । विचारहरूको दृढता नै सफलताको सेतु हो । वैचारिक पवित्रता नै सामाजिक एक रूपता हो । विचार नै सम्पूर्ण खुशीहरूको आधार हो । सद्विचार नै सद्व्यवहारको मूल हो । विषयूक्त आहारले हाम्रो शरीरमा धेरै किसिमका विकार उत्पन्न गर्छ, त्यसरी नै विकारयूक्त विचार हाम्रो मस्तिष्कमा प्रविष्ट भएर भयङ्कर तनाव, दुःख, अशान्ति र असाध्य रोग उत्पन्न हुन्छन् । योग शिक्षावाट नै यो सम्भव छ ।

योग महाज्ञान हो । यदि महिला, वालक, शिक्षक योग गरेर शारीरिक तथा मानसिक रूपमा स्वस्थ, ज्ञानी, सुसंस्कारीत र शिक्षित भएमा सोहि अनुसारको असर पर्दछ । योगले सम्पूर्ण शरीर स्वस्थ, हलुका एवं स्फुर्तिदायक बनाउनुका साथै व्यक्तिमा भएको रिस, द्वेष, स्वार्थ एवं अहङ्गारको भावनालाई नष्ट गरी सकारात्मक एवं सृजनात्मक भावनाको विकास गर्छ, जसले गर्दा प्रगतिशील, सभ्य र समृद्ध समाज निर्माण गर्न ठूलो मद्दत गर्दछ ।

अध्यारोलाई उज्यालोमा, दुःखलाई सुखमा, प्रतिकुलतालाई अनूकुलतामा र पराजयलाई विजयमा बदल्ने शक्ति हामी भित्रै छ । रोगी शरीरलाई निरोगी बनाउने ऊर्जा हामीभित्रै विद्यामान छ । रोग, शोक, संङ्कट वा संङ्घर्षहरूको के कुरा, हामी मृत्युलाई पनि चुनौती दिने बल, शौर्य र स्वाभिमान राख्छौं। यी सवै प्राप्त गर्न सानै उमेर बाट योग गर्नु जरुरी छ ।

शिक्षकको महत्वपूर्ण भुमिका

गुरू भगवानको रूप हो । एउटा असल शिक्षक त्यस्तो व्यक्तित्व हो जसमा एउटा असल व्यक्तिमा हुने गुणहरू विद्यमान हुन्छन्, ऊ विनोदप्रिय र उदार हुन्छ, उसको स्मरणशाक्ति राम्रो हुन्छ । उसमा आफ्नो विषयको राम्रो ज्ञान र उसले आफुसँग भएको ज्ञान अनुसारको आचरण पनि गर्दछ । आफ्ना विद्यार्थीहरूसँग सदासर्बदा स्नेही भाव राख्छ । अनि जस्तो शिक्षक छ, त्यस्तै विद्यार्थीको चरित्र निर्माण हुदैजान्छ ।

आजका विद्यार्थीहरूमा अग्रजहरूको सम्मान गर्ने बानी, संस्कार, सदगुण, आचरण, देश प्रेम, सेवाको भावना, नैतिकता, इमानदारी, मैत्री, सरल जीवन जस्ता दिव्य गुणहरू के कस्तो अवस्थामा छ ? यो सोचनीय विषय वनेको छ । त्यसको मूलकारण हो, आज हामीसँग सदाचार पढाउने तथा आफ्नो आचरणबाट ज्ञान दिने गुरूहरूको खडेरी नै परेको छ भन्दा फरक नपर्ने स्थिति छ । मोन्टेश्वरी, नर्सरी कक्षा देखि नै एउटी नारी शिक्षिका तथा अन्य महत्वपूर्ण भूमिकामा रही ज्ञान प्रदान गर्ने जिम्वेवारीमा सकृय रहने हुँदा उहाँहरूको नैतिक आचरण र सदाचार जीवन कति महत्वपूर्ण रहन्छ भन्नेकुरा छर्लङ्ग हुन्छ ।

अन्तमा,

मानिसको जीवन प्राणी जगतमा नै सर्वश्रेष्ठ मानिन्छ । किनकी ऊ सँग बल, बुद्धि र विवेक सबैथोक हुन्छ । यही कारणबाट उसले जीवनमा धेरै प्रगति एवं धर्म, अर्थ, काम मोक्षको पालना गर्दै आत्म उन्नतिगर्ने पुरूषार्थहरू गर्न सक्दछ । यी सबै पुरूषार्थ गर्न स्वस्थ शरीर चाहिन्छ । यी सबै पुरूषार्थको आधार स्वस्थ शरीर हो । स्वस्थ शरीरको माध्यमबाट मात्र दैनिक दिनचर्या अर्थात कर्महरू विधिवत रूपमा गर्न सक्दछ । योग जीवन जीउने कला हो, अर्थात योग एउटा वैज्ञानिक र प्रयोगात्मक साधना तथा सर्बश्रेष्ठ ब्यायाम पद्धति हो ।

चेतना बिज्ञान पनि हो । योगबाट भित्रको आत्मालाई पोषण दिन्छ । शारीरिक तथा मानसिक बिकार हट्दै गई तेज तथा ओज भरिदै जान्छ र गृहस्थ जीवन सही ढङ्गबाट जीउन सिक्दछ । योगले व्यक्तिहरूमा दया, प्रेम, सद्भाव र अनुशासन, करूणा, क्षमा, दान जस्ता गुणहरूले भरिदिन सक्छ र सु—संस्कारित, प्रेम र सद्भाव भरिएको समाज तथा राष्ट्र बनाउन मद्दत मिल्दछ । जसले सहरको ब्यस्त जीवनमा पनि हामी सामाजिक प्राणीलाई एक आपसमा जोडिन र जीवनमा आरोग्यता तथा उमङ्ग भर्न मद्दत मिल्दछ । समाजलाई नकारात्मकताबाट सकारात्मकता तर्फ डोहोर्याउन सक्दछ । यसबाट व्यक्ति शारीरिक तथा मानसिक रूपमा स्वस्थ बनी अमूल्य जीवनलाई सदुपयोग गर्दै पुरूषार्थ गर्न सक्षम हुन सक्दछ र जीवन धन्य हुने छ । त्यसकारण सवै उमेरका व्यक्तिले योग गर्न जरुरी छ ।

चित्रकार नेपाली सेनाका अवकास प्राप्त प्रमुख सेनानी हुन् ।

लेखकबाट थप,

सेना र योग

क्यान्सर आजको प्रमुख समस्या र रोकथामका उपायहरु

उचित आहारविहार स्वस्थ शरीरको आधार

विद्यालयमा योग किन ?

संस्कृति र संस्कारलाई बिर्सेका कारण आज हामी डिप्रेसनको सिकार भइरहेका छौं

पानी कसरी पिउने ?

प्रतिक्रिया दिनुहोस