४ चैत्र २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हैजा नियन्त्रण गर्न नयाँ योजना

अ+ अ-

काठमाडौँ । सरकारले झाडापखाला एवम् कलेरा (हैजा)को नियन्त्रणसम्बन्धी नयाँ पञ्चवर्षीय तयारी तथा सम्बोधन योजना सुरु गरेको छ ।

हरेक वर्ष विभिन्न स्थानमा महामारीको रुपमा फैलँदा धेरै मानिसले ज्यान गुमाइरहेकाले यसको नियन्त्रण गर्न स्वास्थ्य मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सोमवार पञ्चवर्षीय तयारी तथा सम्बोधन योजना सार्वजनिक गरेको हो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा भीम आचार्यले आगामी दिनमा सरकारी तथा गैह्रसरकारी संस्थाका लागि हैजा नियन्त्रणसम्बन्धी काम गर्न उक्त योजना मुख्य दस्तावेज हुने बताए ।

उनले भने, ‘‘हैजा नियन्त्रणका लागि गर्न सकिने सुधारका अवसर, चुनौती, वर्तमान कार्यक्रमको सबल र कमजोर पक्षबारे योजनामा गहन विश्लेषण गरिएको छ । यसको मुख्य उद्देश्य भनेको देशभर हैजाका घटनामा कमी ल्याई जनताको स्वास्थ्यमा सुधार ल्याउनु हो ।’’

महाशाखाका उपस्वास्थ्य प्रशासक डा गुणनिधि शर्माले योजनाले हैजा फैलन नदिने, हैजाबाट हुने मृत्युका घटना र महामारी नियन्त्रणको लागि सहयोगात्मक र समन्वयात्मक व्यवस्था गर्ने बताए ।

दूषित पानी र खानाबाट सर्ने हैजा छिटो एकबाट अर्को व्यक्तिमा सर्ने रोग हो । समयमा उपचार नभए ज्यान जानसक्छ । वान्ता हुनु, पालतो दिसा हुनु र जीउ शिथिल हुनुजस्ता लक्षण देखिने हैजा ब्याक्टेरियाबाट सर्ने गर्दछ ।

विश्वमा २८ हजार देखि १ लाख ४२ हजार जना व्यक्तिको हैजाको कारण मृत्यु हुने गरेको विश्व स्वास्थ्य सङ्गठनको उल्लेख गरेको छ । गत वर्षमात्र काठमाडौँ उपत्यकामा दूषित पानीका कारण १६९ व्यक्तिमा हैजा देखिएको पुष्टि भएको थियो । रासस

प्रतिक्रिया दिनुहोस