मातृ मृत्युदरमा उल्लेख्य सुधार « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

मातृ मृत्युदरमा उल्लेख्य सुधार


२५ बैशाख २०८१, मंगलबार


काठमाडौँ । नेपालमा मातृ मृत्युदरमा उल्लेख्य सुधार भएको छ । २०५३ को नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणमा प्रति लाख जन्ममा ५३९ मृत्यु रहेकोमा २०७८ को जनगणनामा घटेर १५१ मा झरेको छ ।

‘नेपालमा लैङ्गिक समानता तथ्य र तथ्याङ्क’ पुस्तकमा उक्त तथ्याङ्क उल्लेख छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय तथ्याङ्क कार्यालय र अन्य सरकारी निकायको संयुक्त प्रयासमा तयार गरिएको पुस्तकको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले मङ्गलवार काठमाडौँमा विमोचन गरिन् ।

पुस्तकमा नेपालमा लैङ्गिक समानताका ६० भन्दा बढी सूचकहरूमध्ये महिलाको स्वास्थ्य सेवासम्बन्धी महत्त्वपूर्ण तथ्याङ्कहरू समावेश छन् । नेपालमा विगत दशकहरूमा सुत्केरी महिलाको स्वास्थ्य सेवामा निरन्तर सुधार भइरहेको तथ्याङ्कले देखाएको छ ।

पुस्तकमा उल्लेखित तथ्याङ्क अनुसार २००० को दशकदेखि महिला र पुरुष दुवैको औसत आयु व्यापक रूपमा बढेको छ । २००९/११ जनगणनामा २८ वर्षबाट २०७८ को जनगणनामा ६६।६ वर्ष पुगेको छ । पुरुष ९६५।५ वर्ष० को तुलनामा महिलाको औसत आयु ९६७।९ वर्ष० उच्च छ । २०२८ देखि २०४८ को जनगणनामा यो विपरीत थियो ।

पुस्तकमा विभिन्न क्षेत्रका लैङ्गिक समानताका विभिन्न सूचकहरूलाई समेटिएको छ । स्वास्थ्य सूचकहरूका अनुसार पहिलेको तुलनामा धेरै महिलाहरूले प्रसवपूर्वको हेरचाहमा सुधार आएको छ र धेरै बच्चाहरू दक्ष स्वास्थ्यकर्मीहरूको सहयोगमा जन्मिएका छन् । शिक्षामा लैङ्गिक समानताको दिशामा नेपाल निकै अगाडि बढेको सूचकहरूले देखाएको पुस्तकमा उल्लेख छ ।

२०७१ देखि नेपालमा उच्च शिक्षामा पुरुषभन्दा महिला बढी छन् । श्रम आप्रवासनले जनसङ्ख्यामा महिलाको बाहुल्य बढाएको छ । पुरुषको ५० प्रतिशतभन्दा बढीको तुलनामा चारमध्ये एक महिला मात्र सक्रिय श्रम शक्तिमा रहेको तथ्य श्रम शक्ति सर्वेक्षणको तथ्याङ्कले देखाएको छ ।

औपचारिक वा अनौपचारिक जस्तोसुकै भए तापनि कृषि क्षेत्रको औसत मासिक आम्दानी गैरकृषि क्षेत्रको तुलनामा कम छ । अधिकांश महिलाहरू कृषि क्षेत्रमा कार्यरत छन् ।

नेपालमा लैङ्गिक समानताले जनसङ्ख्या, मातृत्व र बालबालिका, शिक्षा, रोजगारी, हानिकारक परम्परागत अभ्यासहरू, महिला सशक्तीकरण, महिला सुरक्षा लगायतका विषय समेटेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस