४ चैत्र २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जुन उद्देश्यको लागि बिदा लिएको हो सोही अनुसार उपयोग गर्न स्वास्थ्यको निर्देशन

अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मातहतका चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरूलाई जुन उद्देश्यको लागि बिदा लिएको हो सोही अनुसार बिदा उपयोग गर्न निर्देशन दिएको छ ।

उनीहरूले बिदा लिएर निजी स्वास्थ्य संस्थाहरू, गैरसरकारी संस्थाहरूमा कार्य गर्ने गरेको र केही विदेशमा समेत गई कार्य गरेको गुनासो आएपछि मन्त्रालयले यस्तो निर्देशन दिएको हो ।

मन्त्रालयका सचिव मधु सुदन बुर्लाकोटीले सोमबार निर्देशन जारी गर्दै आ-आफ्नो पदीय मर्यादा, व्यक्तिगत आचरण एवं पेसागत अनुशासनमा रही कार्य गर्न भनेका छन् । आफू जिम्मेवार रहेको निकायमा चिकित्सकीय तथा स्वास्थ्य सेवा प्रवाह नगरी गैर जिम्मेवारी पूर्ण कार्य गरेकोले प्रचलित कानून बमोजिम हदैसम्मको कारबाही गरी स्वीकृत गरेको बिदा रद्द गरिदिनको लागि विभिन्न निकाय तथा सेवाग्राहीबाट गुनासो प्राप्त भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको मन्त्रालयले जनाएको छ ।

‘नेपाल स्वास्थ्य सेवा ऐन २०५३ र स्वास्थ्य सेवा नियमावली, २०५५ मा सबै सरकारी कर्मचारीको समय नेपाल सरकारको अधीनमा हुने र बिदा अधिकारको कुरा होइन, सहुलियत मात्र हो भन्ने स्पष्ट कानूनी व्यवस्था रहेको छ । कर्मचारीले नियमावली अनुसार बिदा लिन पाउने भए तापनि जुन उद्देश्यको लागि बिदा लिएको हो सोही प्रयोजनमा उपयोग गर्नुपर्ने हुन्छ । केही चिकित्सक तथा स्वास्थ्यकर्मी एवम् कर्मचारीहरूले जुन उद्देश्यको लागि बिदा लिएको हो सोही अनुसार बिदा उपयोग नगरी निजी स्वास्थ्य संस्थाहरूमा विदेशी स्वास्थ्य संस्था एवम् गैरसरकारी संघ संस्थाहरूमा गई कार्य गरेको जानकारी प्राप्त हुन आएकोले त्यस्ता कार्य नगर्नु, नगराउनु हुन अनुरोध गर्दै आ-आफ्नो पदीय मर्यादा, व्यक्तिगत आचरण एवम् पेसागत अनुशासनमा रही कार्य गर्नुहुन यो निर्देशन जारी गरिएको छ,’ सचिव बुर्लाकोटीद्वारा जारी निर्देशनमा भनिएको छ, ‘यस्ता क्रियाकलाप भए गरेको पाइएमा सम्बन्धित निकायले स्वीकृत गरेको बिदा रद्द हुनुका साथै नेपाल स्वास्थ्य सेवा ऐन, २०५३, नेपाल स्वास्थ्य सेवा नियमावली, २०५५ तथा सेवा सञ्चालन सम्बन्धी प्रचलित कानून बमोजिम हदैसम्मको कारबाही र सोको लागि सम्बन्धित व्यक्ति स्वयम् जिम्मेवार ब्यहोरा जानकारी गराइन्छ । साथै स्वदेशी तथा विदेशी निजी संस्थाहरूले सरकारी चिकित्सक, स्वास्थ्यकर्मी हुनु पर्ने एवम् कर्मचारीहरूले त्यस्तो कार्य भए गरेको देखिएमा यस मन्त्रालय तथा सम्बन्धित निकायमा जानकारी गराउन मन्त्रालय हार्दिक अनुरोध गर्दछ ।’

प्रतिक्रिया दिनुहोस