याद मात्र दिलाउँछ यो वर्षात्ले पनि
एकान्तमा आँसु झार्दैछ रातले पनि ।
तिमी थियौं र पो मजा थियो जिउनुको
बसाइँ सरेछ अचेल चाहतले पनि ।
यसरी दियो जिन्दगीले विछोडको चोट
आफ्नै मुटु छामिरहेछ आघातले पनि ।
तिम्रै स्पर्शले खुल्थे नयन त्यसैले त
बिर्सनै दिएनन् हर प्रभातले पनि ।