‘खुल्ला प्रतिस्पर्धाबाट सहसचिव भर्ना प्रक्रिया हटाउन नहुने’- पूर्वप्रधानमन्त्री भट्टराई « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

‘खुल्ला प्रतिस्पर्धाबाट सहसचिव भर्ना प्रक्रिया हटाउन नहुने’- पूर्वप्रधानमन्त्री भट्टराई


प्रशासन विशेष ब्युरो

१० असार २०७५, आइतबार


कर्मचारी

काठमाडौं । नेपालका एक जना पूर्वप्रधानमन्त्रीले निजामती सेवामा प्रत्यक्ष (खुल्ला) प्रतिस्पर्धाबाट सहसचिव प्रवेश गर्न सक्ने प्रावधानको पक्षमा आफ्नो मत जाहेर गरेका छन् ।

पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टि नेपालका संयोजक डा.बाबुराम भट्टराईले प्रत्यक्ष प्रतिस्पर्धाबाट सहसचिव लिनसक्ने प्रावधानलाई हटाउन नहुने धारणा व्यक्त गरेका हुन् ।

डा.भट्टराईले ट्विट गर्दै लेखेका छन् -प्रत्यक्ष प्रतिस्पर्धाबाट छनौट गर्दा कर्मचारी परीक्षामा ब्यस्त भएको तर्क हो भने परीक्षा प्रणाली बढाउनु पर्यो ताकि घोकन्ते होइन, सिर्जनशील नयाँ पुस्ता प्रवेश गर्न सकोस् । उल्टो बाटो नहिँडौं ।

हेर्नुहोस् भट्टराईले गरेको ट्विट

 

Tags :
प्रतिक्रिया दिनुहोस