प्रधानमन्त्रीको सहभागीमा क्वार्ज क्रिष्टल गोरखा दरबारमा राखिने « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

प्रधानमन्त्रीको सहभागीमा क्वार्ज क्रिष्टल गोरखा दरबारमा राखिने


२२ चैत्र २०८०, बिहिबार


काठमाडौँ । स्थानीयको घरबाट बरामद भएको टल्कने ढुंगा क्वार्ज क्रिष्टल गोरखा दरबारमा राखिने भएको छ।

जिल्ला प्रहरी कार्यालय गोरखाले गत असार १४ गते गोरखा नगरपालिका वडा नम्बर ७ सतिपिपलस्थित चन्द्रमान शाहीको घरबाट क्वार्ज क्रिष्टल बरामद गरेको थियो।

अहिलेसम्म क्वार्ज क्रिष्टल जिल्ला प्रहरी कार्यालयमै राखिएको छ। गोरखा नगरपालिकाले सूचना निकालेर शुक्रबार क्वार्ज क्रिष्टल गोरखा दरबारमा प्रतिस्थापन गर्ने उल्लेख गरेको छ। उक्त कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुने नगरपालिकाले जनाएको छ।

यसअघि गत साउनमा खानी तथा भूगर्भ विभाग काठमाडौँबाट गएका भूगर्भविदहरूले दुई दिन लगाएर परीक्षणमा गर्दा पारदर्शी ढुंगा क्वार्ज क्रिष्टल भएको पुष्टि गर्दै विभागमा ल्याउनुपर्ने बताएका थिए।

तर गोरखा नगरपालिका र स्थानीय बासिन्दाले क्वार्ज क्रिष्टल गोरखामै राख्नुपर्ने अडान राखेपछि प्रधानमन्त्री दाहालले गोरखामै राख्न निर्देशन दिएका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस