कृषि मन्त्रालयद्वारा स्थानीय तहसँग कृषि र पशु क्षेत्रको बजेट विवरण माग « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

कृषि मन्त्रालयद्वारा स्थानीय तहसँग कृषि र पशु क्षेत्रको बजेट विवरण माग


२ पुस २०८०, सोमबार


काठमाडौँ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले देशभरका स्थानीय तहहरूसँग कृषि र पशुपंक्षी क्षेत्रमा छुट्याएको बजेटको विवरण माग गरेको छ ।

स्थानीय स्तरको कृषि तथा पशुपंक्षी विकासका लागि स्थानीय तहको आन्तरिक स्रोतबाट कृषि र पशुपंक्षी क्षेत्रको विकाससँग सम्बन्धित कार्यक्रमहरू सञ्चालन हुँदै आएको भन्दै मन्त्रालयले कृषि क्षेत्रमा भएको बजेट तथा लगानीको विश्लेषण गर्न तथा आगामी दिनमा बजेट तथा कार्यक्रम तर्जुमामा सहयोग पुग्ने उद्देश्यका लागि विवरण माग गरेको जनाएको छ ।

मन्त्रालयले ७५३ वटै स्थानीय तहलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत २०७५/७६ देखिको चालु आर्थिक वर्ष सम्मको कुल विनियोजित बजेट र कृषि तथा पशुपंक्षी क्षेत्रको बजेट पठाउन फारम सहित पत्र पठाएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस