मेरो सरकार « प्रशासन
Logo ३० बैशाख २०८१, आइतबार
   

मेरो सरकार


२८ श्रावण २०८०, आइतबार


सरकार अहिले चनाखो भएको छ,
विमानस्थलको ढोका ढुकेर बस्छ ।
पराई पर्‍यो भने झ्याप्प समात्छ,
आफ्नो पर्‍यो भने सलाम ठोक्छ।

सरकार निकै चतुरो र चनाखो बन्दै छ,
सुनका बोरा र पोका आयो भने देख्दैन,
मोबाइल र टिभी एउटा पनि छोड्दैन,
कर्मचारी समाउँछ नेता गएको देख्दैन।

सरकार निकै ईमान्दार हुँदै गएको छु भन्दै छ,
बिरामी बाबु भेट्न गएकोलाई भागेको भन्दै छ,
विदेशतिर घुम्न गएकालाई फर्किन्छ भन्दै छ,
समाएकोलाई कसैले बुझेन भनेर छोड्दै छ।

सरकार भ्रष्टाचार प्रति असहिष्णु बन्दै छ,
लकरमा गोली राख्ने नै शान्ति दूत हो भन्दै छ,
गलत काममा विरोध गर्नेलाई पन्छाउँदैछ,
घर परिवार बाहेक अरु विरोधी मान्दै छ।

सरकार विकासको लागि अगाडि बढ्दै छ,
मन्त्रीलाई रिपोर्ट कार्ड थमाएर थर्काउँदैछ,
सचिवलाई काम गर भनेर सरुवाले तर्साउँदैछ,
दायाँ बायाँ सबैतिर आफन्तले मात्र भर्दै छ।

Tags :
प्रतिक्रिया दिनुहोस