जुम्ला आगजनी घटना : शङ्कास्पद १० जना पक्राउ « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

जुम्ला आगजनी घटना : शङ्कास्पद १० जना पक्राउ


६ श्रावण २०८०, शनिबार


पक्राउ

काठमाडौँ । जुम्लाको गुठीचौर गाउँपालिका र चन्दननाथ नगरपालिकाका विभिन्न स्थानमा आगजनी गर्ने १० जनालाई प्रहरीले पक्राउ गरेको छ।

गए राति अन्दाजी साढे २ बजेतिर गुठीचौरमा ६ घर र एक ट्याक्टर तथा चन्दननाथमा एक घरमा अज्ञात समूहले आगजनी गरेको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक धर्मराज जोशीका अनुसार शङ्कास्पद १० जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ। प्रहरीले पक्राउ परेकाहरुको नाम भने सार्वजनिक गरेको छैन।

गए राति धवलपुर गाउँमा दुई, बाउली गाउँमा एक, ढुडाखोजमा एक, माथिल्लो देहारजिबुरमा एक र खल्ला वडामा दुई गरी सात घरमा आगजनी भएको थियो।

सम्बन्धित समाचार : जुम्लामा अज्ञात समूहद्वारा ७ वटा घरमा आगजनी

Tags :
प्रतिक्रिया दिनुहोस