काठमाडौँ । रेशम चौधरीलाई आममाफी दिने सरकारको तयारीविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ ।
टीकापुर घटनामा मारिएका इन्स्पेक्टर केशव बोहराकी पत्नी शारदा बोहरा (कडायत) रिट बोकेर सर्वोच्च अदालत पुगेकी हुन् ।
गणतन्त्र दिवसको अवसरमा चौधरीलाई आममाफी दिने गरी मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।
सम्बन्धित समाचार : रेशमसहित १८ ‘राजबन्दी’लाई आममाफी दिने निर्णय
सम्बन्धित समाचार : रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय