रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय


१४ जेष्ठ २०८०, आइतबार


काठमाडौं । सरकारले रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले चौधरीलगायत बन्दी जीवन बिताइरहेका व्यक्तिलाई आममाफी र कैद मिनाहा हुने गरी सिफारिस गर्ने निर्णय भएको एक मन्त्रीले बताए ।

गणतन्त्र दिवसका अवसरमा उनको बाँकी सजाय मिनाहासँगै आममाफी दिन सिफारिस गरिएको उनको भनाई छ ।

चौधरीसँग अन्य केही कैदीको बाँकी सजाय र केहीको सजाय माफी गर्ने निर्णय भएको छ ।

नागरिक उन्मुक्ति पार्टीका संरक्षकसमेत रहेका चौधरीलाई सरकारको सिफारिस अनुसार राष्ट्रपति कार्यालयले निर्णय गरे सोमबार गणतन्त्र दिवसका अवसरमा छुट्नेछन् ।

यसअघि जेठ १२ गते राष्ट्रपति पौडेलले आममाफी सम्बन्धी प्रस्ताव गृह मन्त्रालयमा फिर्ता पठाएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस