कर्णालीका मुख्यमन्त्री शर्माले तेस्रो पटक पाए विश्वासको मत « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

कर्णालीका मुख्यमन्त्री शर्माले तेस्रो पटक पाए विश्वासको मत


१५ बैशाख २०८०, शुक्रबार


काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले तेस्रो पटक विश्वासको मत पाएका छन्। शुक्रबार बसेको संसद बैठकबाट मुख्यमन्त्री शर्मालाई २९ जना प्रदेश सभा सदस्यले विश्वासको मत दिएका छन्।

उनले आफ्नो दल नेकपा (माओवादी केन्द्र)का १३, नेपाली काँग्रेसका १४, नेकपा (एकीकृत समाजवादी) का १ र स्वतन्त्र १ जना सांसदको विश्वासको मत पाएका हुन्।

यसअघि सत्तामा रहेको नेकपा (एमाले) अबदेखि प्रमुख प्रतिपक्षी बनेको छ। राप्रपा पनि प्रतिपक्षीका रूपमा रहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस