काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले अयोग्य लडाकुका नाममा पैसा दिने सरकारको निर्णय गलत भएको बताएका छन् ।
बिहीबार सामाजिक सञ्जालमार्फत थापाले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक विचाराधीन रहेकाले सरकार रकम बाँड्नमा नभएर पीडितमैत्री कानुन बनाउनमा केन्द्रित हुनुपर्ने बताएका छन् ।
सांसदसमेत रहेका थापाले भनेका छन्, ‘राज्यकोषमा स्रोतको व्यापक दबाब परेको यो समयमा राज्यकोषबाट ठूलो रकम अयोग्य लडाकुलाई बाँड्ने सरकारको निर्णय गलत छ । रोक्नुपर्छ । संक्रमणकालीन न्यायसम्बन्धी विधेयक विचाराधीन रहेकाले सरकार रकम बाँड्न होइन पीडितमैत्री कानुन बनाई संक्रमणकालीन न्यायको कामलाई शीघ्र टुङ्ग्याउन केन्द्रित होस् ।
माओवादी नेतृत्वको सरकारले द्वन्द्वकालीन अयोग्य लडाकुलाई दुई लाख रुपैयाँ दिने निर्णय गरेको थियो ।
सम्बन्धित समाचार : सरकारले माओवादी लडाकुलाई दुई लाख रुपैयाँ दिने