रामेछाप प्रशासनले गर्‍यो नयाँ वर्ष विशेष कार्यक्रमका लागी चारवटा निर्णय  « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

रामेछाप प्रशासनले गर्‍यो नयाँ वर्ष विशेष कार्यक्रमका लागी चारवटा निर्णय 


३० चैत्र २०७९, बिहिबार


काठमाडौँ । जिल्ला प्रशासन कार्यालय रामेछापले नयाँ वर्षको अवसरमा आयोजना हुने सांस्कृतिक महोत्सवबारे चारवटा निर्णय गरेको छ । 

निमित्त प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेको अध्यक्षतामा बसेको बैठकले सुरक्षा निकाय तथा जिल्ला उद्योग वाणिज्य सङ्घका पदाधीकारीहरुसँग छलफल गरी सडक व्यवस्थापनलगायतका निर्णय गरेको हो । 

बैठकले मन्थली नगरपालिका १ स्थित मन्थली बजार देवकोटा चोकदेखी कोटरबोटसम्मको सडक एकतर्फीरुपमा सञ्चालन गर्ने, मूल सडकमा सवारीसाधन आवतजावतका लागी प्रहरीसँग समन्वय गर्ने, अत्यावश्यक सवारी निर्बाधरुपमा सञ्चालन गर्ने, सडकमा राखिएका स्टल तथा मञ्च आयोजकले यथाशीघ्र हटाई सडक सरसफाइ गर्ने र भव्य रूपमा सांस्कृतिक तथा सडा महोत्सव सञ्चालन गर्ने निर्णय गरेको जिल्ला प्रशासन रामेछापले जनाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस