प्राधिकरणले जहाजभित्र झगडा गर्ने यात्रुलाई कारबाही गर्ने « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

प्राधिकरणले जहाजभित्र झगडा गर्ने यात्रुलाई कारबाही गर्ने


२३ चैत्र २०७९, बिहिबार


काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले जहाज उडानका क्रममा झगडा गर्ने बुद्ध एयरका दुई यात्रुलाई कारबाही गर्ने भएको छ।

बुधबार बेलुका ४ः३० मिनेटमा विराटनगरबाट काठमाडौँ उडान गरेको फ्लाइट नम्बर ७१० मा दुई यात्रुबीच झगडा गरेको भिडियो सामाजिक सञ्जालमा ‘भाइरल’ बनेको थियो। यसबारे प्राधिकरणले बुद्धलाई स्पष्टीकरण मागेको हो ।

उडान सुरक्षाको नियम तथा मर्यादा पालना नगर्ने यात्रुलाई कारबाही गर्न सकिने व्यवस्था रहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस