राष्ट्रपति रामचन्द्र पौडेल गोरखामा « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

राष्ट्रपति रामचन्द्र पौडेल गोरखामा


१२ चैत्र २०७९, आइतबार


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल गोरखा पुगेका छन्।

गोरखा दरबार क्षेत्रको भ्रमण तथा गोरखकाली दर्शनलगायतका लागि राष्ट्रपति पौडेल आज बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत गोरखा पुगेका हुन्।

राष्ट्रपति पौडेलले गोरखा दरबारस्थित गोरखकाली मन्दिरमा पूजाआजासमेत गरेका छन्। पौडेलले भूकम्पपछि पुनर्निर्माण गरिएको गोरखा दरबारको अवलोकनसमेत गरेका छन्।

उनले आज गोरखा बजार क्षेत्रमा रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने कार्यक्रमसमेत रहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस