राष्ट्रपतिको सवारीका बेला जनतालाई दु:ख नहोस् : धनराज गुरुङ  « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

राष्ट्रपतिको सवारीका बेला जनतालाई दु:ख नहोस् : धनराज गुरुङ 


१ चैत्र २०७९, बुधबार


काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्।

आज शीतल निवास पुगेर उपसभापति गुरुङले राष्ट्रपति पौडेललाई बधाई तथा शुभकामना दिएका हुन्।

गुरुङले राष्ट्रपतिको सवारीमा सर्वसाधारण जनतालाई दुःख हुन नहुने बताए। ‘राष्ट्रपतिको सवारीमा तामझाम गरेर सर्वसाधारणलाई दुःख दिने विगतको परम्परालाई तोड्न सुझावसमेत दिइयो,’ उपसभापति गुरुङले भने।

सवारीका बेला जनतालाई दुःख दिने पक्षमा आफू नरहेको पनि राष्ट्रपति पौडेलले बताएको उनको भनाइ छ। गत फागुन २५ गते पौडेल राष्ट्रपति निर्वाचित भएका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस