काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले निजी सचिवमा चिरञ्जीवी अधिकारीलाई नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले आज (मङ्गलवार) अधिकारीलाई निजी सचिवमा नियुक्त गरेका हुन् ।
पौडेलले प्रमुख स्वकीय सचिवमा डा. सुरेशचन्द्र चालिसेलाई नियुक्त गरेका छन् । राष्ट्रपतिको पदभार ग्रहण गरेको दोस्रो दिन पौडेलले दुई जना नियुक्त गरेका छन् ।
सम्बन्धित समाचार : राष्ट्रपति पौडेलको प्रमुख स्वकीय सचिवमा चालिसे नियुक्त
यही फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित पौडेलले सोमबार शपथ ग्रहण गरेका थिए ।