माग पुरा नभएपछि मुख्यमन्त्रीलाई विश्वासको मत दिन्नौँ : रञ्जिता श्रेष्ठ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

माग पुरा नभएपछि मुख्यमन्त्रीलाई विश्वासको मत दिन्नौँ : रञ्जिता श्रेष्ठ


२६ माघ २०७९, बिहिबार


काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावललाई विश्वासको मत नदिने भएको छ ।

रावलले बिहीबार विश्वासको मत लिने तय भएको छ । तर सरकार गठन गर्ने बेला अन्तिम समयमा साथ दिएको नाउपाले विश्वासको मत नदिने बताएको छ ।

नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले भनिन्, ‘हाम्रो माग सम्बोधन नहुने भएपछि हामीले विश्वासको मत नदिने निर्णय गरेका छौँ ।’

बुधबार विश्वासको मत दिने कार्यक्रम स्थगित गरेर एमाले नेताहरुले बुधबार नाउपा नेताहरूसँग छलफल गरेका थिए । तर कुनै सहमति हुन सकेन ।

प्रदेशसभाबाट आज विश्वासको मत पाएनन् वा लिएनन् भने रावल स्वतः पदमुक्त हुनेछन् । त्यसपछि नेपाली काँग्रेसको नेतृत्वमा सरकार गठन हुने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस