महानगरविरुद्ध माइतीघरमा प्रदर्शन « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

महानगरविरुद्ध माइतीघरमा प्रदर्शन


१५ माघ २०७९, आइतबार


काठमाडौँ । काठमाडौँ महानगरविरुद्ध प्रदर्शन भएको छ। काठमाडौँका विभिन्न ठाउँबाट आएका बासिन्दाले माइतीघरमा भेला भएर महानगरले व्यक्तिगत सम्पत्तिमाथि डोजर चलाएको भन्दै प्रदर्शन गरेका हुन्।

प्रदर्शनमा सहभागीले महानगरपालिकाको ज्यादती बन्द गर, डोजर आतङ्क बन्द गर, सडक विस्तारका नाममा उठीबास लगाउन पाइँदैन जस्ता नारा लगाएका थिए। 

प्रदर्शनकारीलाई काठमाडौँ महानगरको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका सुमन सायमीले समर्थन गरेका थिए। महानगरले काठमाडौँको सभ्यता र सम्पदा जोगाउने भन्दै बागमती नदीकिनार, धोबी खोला कोरिडोरलगायतका अव्यवस्थित बस्तीमाथि डोजर चलाउँदै आएको छ। 

Tags :
प्रतिक्रिया दिनुहोस