राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागी एमालेका दसौदीद्वारा मनोनयन दर्ता « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागी एमालेका दसौदीद्वारा मनोनयन दर्ता


११ माघ २०७९, बुधबार


काठमाडौँ । राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा नेकपा एमालेका कुमार दसौदीले मनोनयन दर्ता गरेका छन्।

सत्तारुढ दलको तर्फबाट उनले मनोनयन दर्ता गरेका हुन्। दसौतीको प्रस्तावकमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण पोख्रेल र समर्थकमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रदेशसभा सदस्य मीनाकुमारी श्रेष्ठ समर्थक रहकी छन्।

माघ २५ गते हुने उपनिर्वाचनमा बुधबार मनोनयनको कार्यतालिका थियो। काँग्रेसको तर्फबाट माधव आचार्यले मनोनयन दर्ता गर्दैछन्।

नेकपा एमालेबाट निर्वाचित खिमलाल भट्टराइले राजीनामा दिएपछि रिक्त रहेको पदमा राष्ट्रियसभा सदस्य चयन गर्न उपनिर्वाचन गर्न थालिएको हो।

Tags :
प्रतिक्रिया दिनुहोस