प्रदेश १ का ७ जना मन्त्रीले सम्हाले कार्यभार « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

प्रदेश १ का ७ जना मन्त्रीले सम्हाले कार्यभार


९ माघ २०७९, सोमबार


विराटनगर । प्रदेश १ का मन्त्रीहरूले पदभार ग्रहण गरेका छन् । मुख्यमन्त्री हिक्मत कार्कीले कार्य विभाजन गरेसँगै उनीहरूले सोमबारदेखि जिम्मेवारी सम्हालेका छन् ।

पुस २५ गते मुख्यमन्त्री कार्कीको नेतृत्वमा प्रदेश सरकार गठन भएको थियो ।‌ दोस्रो पटक पुस ३० गते थप तीन जना मन्त्री नियुक्त भएसँगै सात सदस्यीय मन्त्रिमण्डल गठन भएको थियो ।

कार्य विभाजनपछि नेकपा (एमाले)का तिलकुमार मेन्याङ्बोले खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्रालय, नेकपा (माओवादी केन्द्र)का दुर्गा चापागाईँलाई सडक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, राप्रपाका भक्तिप्रसाद सिटौलालाई उद्योग, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

यस्तै, माओवादी केन्द्रका जीवन आचार्यलाई पर्यटन, वन तथा वातावरण मन्त्रालय, एमालेका बुद्धिकुमार राज भण्डारीले सामाजिक विकास मन्त्रालय र जसपाकी निर्मला लिम्बूले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका थिए ।

मुख्यमन्त्री कार्कीले १३ मन्त्रालय संख्या घटाएर नौ कायम गरेका छन् । आर्थिक मामिला तथा योजना मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मुख्यमन्त्री कार्कीले आफैँसँग राखेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस