जनकपुरधाम । तराई मधेसमा अत्यधिक चिसो बढेपछि स्थानीय सरकारले धमाधम विद्यालयहरूमा बिदा दिन थालेको छ ।
धनुषामा जनकपुरधाम उपमहानगरपालिकाले तीन दिन र सबैला नगरपालिकाले पाँच उपमहानगरपालिकाको विपद् व्यवस्थापन समितिको मङ्गलवार बसेको बैठकले उपमहानगर भित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरू पुस २० गतेदेखि २२ गतेसम्म तीन दिन जाडो बिदा दिने निर्णय गरेको हो ।
उपमहानगरका शिक्षा युवा तथा खेलकुद शाखाका वरिष्ठ उपसचिव मिहिलाल यादवले मङ्गलवार एक सूचना जारी गर्दै जानकारी गराएका हुन् । तीन दिनको जाडो बिदा शैक्षिक क्यालेन्डरमा उल्लेखित पुस २७ देखि माघ तीन गतेसम्मको जाडो बिदाबाट कट्टा गर्ने व्यवस्था मिलाएको उनले बताए ।
अत्यधिक चिसो बढ्दा बालबालिकालाई विद्यालय आउन जान तथा पठनपाठनमा असहज भइरहेको भन्दै पालिकाहरू धमाधम बिदा दिन थालेको हो ।
तराई मधेसमा केही दिन यता चिसो बढ्दा जनजीवन कष्टकर बनेको छ ।