निमावि तहको शिक्षक सिफारिस भएपछि मात्रै प्रावि तहको नतिजा आउने « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

निमावि तहको शिक्षक सिफारिस भएपछि मात्रै प्रावि तहको नतिजा आउने


२० मंसिर २०७९, मंगलबार


काठमाडौँ। शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदको नतिजा निम्न माध्यमिक तह तृतीय तहको शिक्षक सिफारिस भएपछि मात्रै सार्वजनिक गर्ने भएको छ ।

आयोगको अनुसार मावि तहमा नाम निकाल्न सफल भएका शिक्षकहरू निमावि तहमा दोहोरिनेको संख्या बढी देखिएकोले निमाविमा सिफारिस भइसकेपछि मात्रै प्रावि तहको नतिजा निकाल्ने तयारी गरिएको हो ।

निमाविमा नाम निकाल्ने व्यक्तिले प्राविमा पनि निकाल्दा कम सिफारिस हुन गई कोटा ल्याप्स हुने भएकोले यस्तो गरिएको आयोगका प्रवक्ता सुदर्शन मरहठ्ठाले बताए ।

आयोगले निमावि तह तृतीय तह श्रेणी शिक्षक पदको लागि मंसिर २८ गतेदेखि पुष ३ गतेसम्म अन्तर्वार्ता तोकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस