दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली


१८ मंसिर २०७९, आइतबार


काठमाडौँ । दक्षिण सुडानमा शान्ति मिसनमा तैनाथ नेपाली सेनाको टोली अदली बदली भएको छ। नियमित प्रक्रियाअनुसार आज (आइतबार) २१३ जना नेपाली शान्ति सैनिकको डफ्फा मिसन इलाकातर्फ प्रस्थान गरेको छ।

दक्षिण सुडानमा तैनाथ श्री चन्दननाथ गण (शान्ति सेना) आठौँ डफ्फालाई बदली गर्नको लागि श्री वीरदल गण (शान्ति सेना) नवौँ डफ्फाको पहिलो टोलीका २१३ जना नेपाली शान्ति सैनिकहरू प्रमुख सेनानी राजन दाहालको नेतृत्वमा Ethiopian Airlines मार्फत काठमाण्डौँबाट मिसन इलाकातर्फ प्रस्थान गरेको हो । 

साथै, उक्त मिसनमा तैनाथ श्री चन्दननाथ गण (शान्ति सेना) आठौँ डफ्फाको पहिलो टोलीका २१३ जना शान्ति सैनिकहरू सेनानी गोपाल सिंह बोहराको नेतृत्वमा शनिबार उक्त Airlines मार्फत स्वदेश फर्किसकेको जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाले जनाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस