अवैध संरचना हटाउने तयारीमा हेटौँडा उपमहानगर « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

अवैध संरचना हटाउने तयारीमा हेटौँडा उपमहानगर


१२ भाद्र २०७९, आइतबार


काठमाडौँ । मकवानपुरको हेटौँडा उपमहानगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण र नक्सा पासविना बनाइएका भौतिक संरचना हटाउने तयारी गरेको छ । 

उपमहानगरकी मेयर मिनाकुमारी लामाका अनुसार अघिल्लो पटक पनि केही संरचनाहरू हटाइएता पनि यो पटक पूर्ण रूपमा अभियान नै चलाएर अवैध संरचना हटाउने तयारी थालिएको हो । 

अवैध संरचना हटाउनेसम्बन्धी सूचना निकाल्न निर्देशन भइसकेको मेयर लामाले जानकारी दिइन् । सम्भवतः सोमबार ३५ दिने सूचना प्रकाशित हुने उनको भनाइ छ ।

उपमहानगरका अनुसार पार्किङका लागि नक्सा पास गरी बनाइएका संरचनामा घरधनीले पसल व्यवसाय सञ्चालन गरेको पाइएमा, सार्वजनिक सडक, जग्गालाई अतिक्रमण गरेर संरचना बनाइएको पाइएमा, फुटपाथ अतिक्रमण गरेको पाइएमा कानुनी कारबाही हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस