तरूण दलले माग्यो राष्ट्रपतिको राजीनामा, राजीनामा नदिए महाअभियोग लगाउन आग्रह « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

तरूण दलले माग्यो राष्ट्रपतिको राजीनामा, राजीनामा नदिए महाअभियोग लगाउन आग्रह


३० श्रावण २०७९, सोमबार


काठमाडौँ । सत्तारूढ नेपाली काँग्रेसको भ्रातृ संस्था, नेपाल तरूण दलले राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा मागेको छ।

संसदबाट पारित भई सभामुखले अनुमोदनका लागि राष्ट्रपतिसमक्ष पठाएको नागरिकता विधेयक राष्ट्रपतिले आइतबार पुनस् संसदमै फिर्ता पठाएकोले तरूण दलले राजीनामा मागेको छ।

विधेयकमा अराजनीतिक बाहना र प्रपञ्च देखाई प्रमाणीकरणविना प्रतिनिधि सभामा फिर्ता पठाइएकोप्रति गम्भीर ध्यानाकर्षण भएको अध्यक्ष विद्वान गुरुङले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

‘नागरिकताविहीन नेपाली जनतामाथिको यो अपमान घोर निन्दा र भर्त्सना गर्दछ,’ अध्यक्ष गुरुङले निकालेको विज्ञप्तिमा उल्लेख छ, ‘राष्ट्रको गम्भीर र जनताको जीवनसँग जोडिएको विषयमा खेलवाड गर्ने, बेवास्ता गर्ने र सीमित राजनीतिक पार्टीको चौघेरामा बसेर पदको मर्यादामा नरहने राष्ट्रपतिले नैतिकताको उच्च उदाहरण बनेर राजीनामा दिनु उचित हुने अन्यथा महाअभियोगबाट पदच्युतसमेत गर्न संसद र सरकारसँग तरूण दल केन्द्रीय समिति आग्रह गर्दछ।’

Tags :
प्रतिक्रिया दिनुहोस