काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा गुजरात टाइटन्स प्लेअफमा प्रवेश गरेको छ। गएराति पुनेमा लखनउ सुपर जाइन्ट्सलाई ६२ रनले हराउँदै गुजरात प्ले अफमा पुग्ने लिगको पहिलो टिम बनेको हो।
गुजरात अंकतालिमा शीर्ष स्थानमा पनि उक्लिएको छ। गुजरातले दिएको १४५ रनको लक्ष्य पछ्याएको लखनउ १३.५ ओभरमा अलआउट हुँदै ८२ रनमा समेटियो। लखनउका दीपक होडाले २७ र क्विन्टन डिककले ११ रन जोडे। गुजरातका राशिद खानले ४ विकेट लिए।
पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ४ विकेट गुमाएर १४४ रन बनाएको थियो। गुजरातका शुबमन गिलले अविजित रहँदै ६३ रनको अर्धशतकीय इनिङ खेले। डेभिड मिल्लरले २६ र राहुल टेवाटियाले अविजित २२ रन बनाए।
जितसँगै गुजरात १२ खेलमा १८ अङ्कका साथ पहिलो स्थानमा उक्लिँदा लखनउ १२ खेलमा १६ अङ्क बनाएर दोस्रो स्थानमा झरेको छ।